९ असार २०८१ आइतबार
image/svg+xml
खेल

साफ च्याम्पियनसिपमा कुवेतले सहभागी हुने

भारतमा आयोजना हुने १४औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा कुवेतले सहभागिता जनाउने भएको छ।

दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) को आयोजनामा हुने प्रतियोगितामा पहिलोपल्ट साफबाहिरको टोलीलाई समावेश गरिन लागेको बुधबार साफले जनाएको हो। साफले १४औं संस्करणमा साफ टोलीबाहेक आमन्त्रित टोली कुवेतको सहभागिता निश्चित भएको बुधबार औपचारिक जानकारी दिएको छ।

दक्षिण एसियाली राष्ट्रहरूको खेल स्तर सुधार गर्दै साफलाई अझै प्रतिस्पर्धात्मक बनाउन भन्दै साफले आमन्त्रित टोलीहरूलाई सहभागी गराउने नीति लिएको छ। जसअन्तर्गत यसअघि गत महिना सम्पन्न यु–१७ महिला साफमा रूसले आमन्त्रित टोलीका रूपमा प्रतियोगितामा सहभागिता जनाएको थियो। पहिलो सहभागितामै रूस उपाधि समेत उचाल्न सफल भयो। रूस र युक्रेनबीचको युद्धका कारण रूस युरोपमा प्रतिबन्धित रहेको अवस्थामा यसले एसियाक्षेत्रमा फुटबल टोलीलाई सहभागी गराएको हो।

आगामी असार ६ देखि १८ गतेसम्म भारतको बंैगलोरमा आयोजना हुने प्रतियोगितामा सहभागी हुने कुवेत सातौं टोली हुनेछ। यसअघि साफ सदस्यहरू भारत, पाकिस्तान, नेपाल, बंगलादेश, भुटान र मााल्दिभ्सले सहभागिता जनाउने निश्चित भइसकेको थियो। श्रीलंका फुटबल संघलाई फिफाले प्रतिबन्ध लगाएका कारण श्रीलंकाले सहभागिता जनाउने छैन।

सन् १९८४ देखि सुरु भएको साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पछिल्लो पटक १३औं संस्करणमा पहिलो पटक फाइनलमा पुगेको थियो। डेढ वर्षअघि माल्दिभ्समा सम्पन्न १३औं संस्करणको प्रतियोगिताको फाइनलमा नेपाली टोली भारतसँग ३–० ले पराजित भएको थियो। 

प्रकाशित: २१ वैशाख २०८० ०४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App