पूर्व प्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणाको ७८ वर्षको उमेरमा गए (शनिबार) राति निधन भएको छ। राणाको आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ।
उनले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए। उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना भएको थियो।
प्रकाशित: ३१ चैत्र २०८१ ०८:१० आइतबार