१४ वैशाख २०८२ आइतबार
image/svg+xml २:५८ पूर्वाह्न
समाज

जुम्लामा ९३ जनाले लिए स्थायी बन्ध्याकरण सेवा

जनस्वास्थ्य कार्यालय जुम्लाले जिल्लाका विभिन्न स्थानमा सञ्चालित परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरमा ९३ जना नागरिकले सेवा लिएका छन्। चैत ७ देखि २९ गतेसम्म जनस्वास्थ्य सेवा कार्यालय, जुम्लाको आयोजना र सुनौलो परिवार नेपाल, केन्द्रीय कार्यालय काठमाडौँको प्राविधिक सहयोगमा सातवटा स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको थियो। 

जनस्वास्थ्य कार्यालय जुम्लाका सूचना अधिकारी प्नेम सोमाइका अनुसार उक्त शिविरबाट कुल ९३ जनाले स्थायी बन्ध्याकरण सेवा लिएका छन्। आधारभूत स्वास्थ्य केन्द्र गुठिचौरमा १० जना पुरुषले बन्ध्याकरण गरेका छन् भने ४ जना महिलाले इम्प्लान्ट राखेका छन् र ४ जनाले हटाएका छन्। डिल्लीचौर स्वास्थ्य चौकी पातारासीमा १५ जना पुरुषले स्थायी बन्ध्याकरण गरेका छन् भने १५ जना महिलाले इम्प्लान्ट राखेका छन्। एक–एक जना महिलाले इम्प्लान्ट र आईयूसीडी हटाएका छन्। 

कुडारी स्वास्थ्य चौकी तिलामा १७ जना पुरुषले बन्ध्याकरण सेवा लिएका छन् भने २ जना महिलाले इम्प्लान्ट राखेका छन्। दुई जनाले इम्प्लान्ट र एक जनाले आईयूसीडी हटाएका छन्। ताम्ती स्वास्थ्य चौकी तातोपानीमा ८ जना पुरुषले बन्ध्याकरण सेवा लिएका छन् भने १६ जना महिलाले इम्प्लान्ट राखेका छन् र ९ जनाले हटाएका छन्। 

बड्की स्वास्थ्य चौकी हिमामा ४ जना पुरुषले स्थायी बन्ध्याकरण गरेका छन् भने १ जना महिलाले इम्प्लान्ट राखेकी छन्। हाटसिँजा स्वास्थ्य चौकी कनकासुन्दरीमा १३ जना पुरुषले स्थायी बन्ध्याकरण सेवा लिएका छन् भने १ जना महिलाले इम्प्लान्ट राखेकी छन् र १ जनाले हटाएकी छन्। नराकोट स्वास्थ्य चौकी सिँजामा २६ जना पुरुषले बन्ध्याकरण गरेका छन् भने ७ जना महिलाले इम्प्लान्ट राखेका छन्, ६ जनाले हटाएका छन् र ३ जनाले आईयूसीडी राखेका छन्।

प्रकाशित: ३१ चैत्र २०८१ ०८:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App