ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा चैत महिनाभर ३८ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन्।
पाथीभरा क्षेत्र विकास समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीका अनुसार, चैत ३० गते शनिबार मात्र ५ हजार ५ सय ७५ दर्शनार्थी मन्दिर पुगेका थिए।

यसअघि चैत २९ गतेसम्म ३३ हजार २ सय ७३ भक्तजनले मन्दिरको दर्शन गरिसकेकोमा शनिबारको संख्यालगत्तै कुल दर्शनार्थी संख्या ३८ हजार ८ सय ४८ पुगेको समितिले जनाएको छ।
अघिल्लो शनिबार अर्थात् चैत २३ गते मात्र ७ हजार १ सय ४६ जना दर्शनार्थी पाथीभरा पुगेका थिए।
प्रकाशित: ३० चैत्र २०८१ १८:५१ शनिबार