२८ चैत्र २०८१ बिहीबार
image/svg+xml ६:२६ पूर्वाह्न
समाज

मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु

शुक्रबार राति मोरङको रतुवामाईमा मोटरसाइकल दुर्घटनामा परेर श्रीमान्–श्रीमतीको मृत्यु भएको छ।

रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक रतुवामाई–१ कल्याणपुरका ४२ वर्षीय सोम टुडू र पछाडि सवार उनकी श्रीमती ३५ वर्षीया वामनी हेमरामको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए।

उनका अनुसार शुक्रबार राति सवा १० बजेतिर आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको को ९ प ७२९५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई स्थानीयले उद्धार गरेर उपचारका लागि रंगेली अस्पताल पठाएको र उपचारका क्रममा दुवै जनाको मृत्यु भएको इन्स्पेक्टर लम्सालले बताए। मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुले पनि घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।  

दुवै जनाको शव पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ चैत्र २०८१ ०८:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App