अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको नलिन्चोक जोरपाटीमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीय एक जनाको मृत्यु भएको छ। जगातीबाट सांगातर्फ जाँदै गरेको बा ४६ प ११२७ नम्बरको मोटरसाइकलले पैदलयात्री रामेछाप दोरम्बा गाउँपालिका ४ घर भई नलिन्चोक बस्ने निमबहादुर मगरलाई ठक्कर दिँदा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि उपचारका लागि घाइते उनलाई मध्यपुर अस्पताल भक्तपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत ढुण्डीराज न्यौपानेले जानकारी दिए।
मोटरसाइकल चालक काभ्रेको बनेपा नगरपालिका वडा नं ६ बस्ने वर्ष ४४ को जितेन्द्र श्रेष्ठलाई प्रहरी वृत्त जगाती भक्तपुरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ३० मंसिर २०८१ ०८:३१ आइतबार