२६ असार २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा ५.६ म्याग्निच्युडको भूकम्प

अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।

युरोपेली–भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको बागलानबाट १६७ किलोमिटर पूर्व र पारुनबाट ७५ किलोमिटर उत्तरपश्चिममा रहेको थियो। 

भूकम्पको धक्का अफगानिस्तान, ताजिकिस्तान, किर्गिस्तान, भारत र पाकिस्तानसम्म महसुस गरिएको बताइएको छ। भूकम्पबाट हालसम्म कुनै क्षति भए/नभएको जानकारी आएको छैन।

प्रकाशित: ३ वैशाख २०८२ ०७:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App