६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

झन्डै २ किलो सुन र १ करोडभन्दा बढी नगदसहित पक्राउ परेका ७ जना सार्वजनिक

नेपाल प्रहरीले १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

शुक्रवार पत्रकार सम्मेलन गरी उपत्यका अपराध अनुसन्धान कार्यालयले यसबारेमा जानकारी दिएको हो। पक्राउ पर्नेहरुमा दार्चुलाका वर्ष ४७ का गणेशदत्त बडू, भारतको महारष्ट्रका ३७ वर्षीय अमल विभूती, सोही स्थानका वर्ष १८ का प्रकाश विभूती र गणेशसतिस बाल्टे रहेको डिएसपी सुरक्षा केसीले बताइन्।

त्यस्तै पक्राउ पर्नेहरुमा झापा बिर्तामोडका वर्ष ३० का दिनेश खरेल, सोही स्थानका वर्ष २२ का भरतराज खरेल र दार्चुलाका वर्ष २१ का आयुष बडू रहेको पनि उनले बताइन्।

उनका अनुसार जिल्ला काठमाडौं कामनपा वडा नम्बर २४ दुच्छेनली टोलमा केही व्यक्तिहरुले अवैध सुनको कारोबार गरिरहेका छन् भन्ने गोप्य सूचना प्राप्त भएपछि यस कार्यालयबाट खटिएको टोलीले खोजि गर्दै जाँदा जिल्ला दार्चुला महाकाली नगरपालिका वडा नम्बर ३ टाटे बस्ने वर्ष ४७ को गणेशदत्त बडूसहित ७ जना व्यक्तिहरुलाई सुन जस्तै देखिने पहेँलो धातुको टुक्राहरु ९ थान तौल जम्मा १ हजार ७६८.२५ ग्राम र नगद एक करोड ४३ लाख ६० हजार रुपैयाँ सहित बिक्री वितरण गरिरहेको अवस्थामा फेला पारी निजहरुलाई पक्राउ गरिएको हो।

बिहीवार न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित: १४ वैशाख २०८१ १३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App