१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

पानी बोकेको ट्यांकर दुर्घटनामा बालकको मृत्यु

इलामको रोङ गाउँपालिका-३, कोल्बुङमा पानी बोकेको ट्यांकर सडकबाट पल्टिँदा एक बालकको मृत्यु भएको छ। मेची राजमार्गबाट मार्से जाने सडकमा दुर्घटना हुँदा १७ बर्से बालकको मृत्यु भएको हो।

पशुपतिनगर प्रहरीका अनुसार मे १ त २४०८ नम्बरको ट्यांकर दुर्घटना हुँदा इलाम नगरपालिका-४ का १७ बर्से रञ्जित लिम्बुको मृत्यु भएको हो। पशुपतिगर प्रहरीका इन्स्पेक्टर विष्णुबहादुर खड्काले बालक लिम्बुको घटनास्थलमै मृत्यु भएको जानकारी दिएका छन्।

इलाम नगरपालिका-४ नै घर भएका ट्यांकर चालक ३६ बर्से मनोज राई घाइते भएका छन्। उनको उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ चैत्र २०८० ०७:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App