१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

जापानमा फोटो तथा भिडियो पत्रकारिता प्रशिक्षण

नेपाल पत्रकार महासंघ जापानले फोटो तथा भिडियो पत्रकारिता तालिम सम्पन्न गरेको छ। जापानको चिवा प्रिफेक्चरस्थित हातेमालो हाउसमा सञ्चालित प्रशिक्षणमा ३३ जना पत्रकारको सहभागिता रहेको थियो।

जापानबासी नेपाली पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिमको सहजीकरण प्राध्यापक चलचित्र निर्देशक तोसीआकी इतो, भिडियो एडिटर तथा सिनेम्याटोग्राफर राजकुमार बस्नेत र व्यावसायिक फोटोग्राफर रिक्की गौचनले गरेका थिए।

निर्देशक तोसीआकी इतोले कठपुतली, शिरीषको फूललगायतका आधा दर्जन नेपाली चलचित्रको निर्माण तथा निर्देशनसमेत गरिसकेका छन्।

स्थापना दिवसका अवसरमा पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिमका साथै भाइचाराका लागि बार्बिक्यु आयोजना गरिएको पत्रकार महासंघका अध्यक्ष शन्त पहरीले जानकारी दिए।

प्रकाशित: २८ फाल्गुन २०८० १०:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App