२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बर्दियाकाे रम्भापुरमा अति भारी वर्षा

बबई नदिको भादा पारी डुबानमा परेपछी सडकमा आएको पानी हेर्दै स्थानीय

२४ घण्टाको मापनमा बार बर्दिया स्थित रम्भापुर क्षेत्रमा अति भारी वर्षा भएको छ । गए राती देखि भईरहेको वर्षामा रम्भापुरमा अति भारी वर्षा भएको छ भने रानिजमरा र चेपाङमा भारी वर्षा भएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अर्यालले जानकारी दिए ।रम्भापुरमा २सय २० मिलिलिटर र रानीजमरा र चेपाङमा क्रमशः १७८/१५६ मिलिलिटर पानी परेको छ ।

सय भन्दा बढी मिलिलिटरलाई भारी वर्षा र दुई सय मिलिलिटर भन्दा बढी वर्षालाई अति भारी वर्षा मानिएको अर्यालले बताए । उनका अनुसार जिल्ला प्रशासनमा रहेको विपद् व्यबस्थापन तथा आपतकालिन युनिटले २४ घण्टाको रेर्कडमा रम्भापुरमा अति भारी वर्षा भएको उल्लेख गर्दे चेपाङ र रानीजमरा भारी वर्षा भएको देखाएको छ।

यस्तै बबई नदी  स्थित चेपाङ ७ दशमलब ४७ खतराको लेबलमा भन्दा कम हो। कर्णाली नदीमा खतरा लेबल भन्दा तल नै नदीको सतह कायम छ ।भारी वर्षा भए पनि सामान्य डुबान र घरमा क्षति नभएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए।

प्रकाशित: २८ श्रावण २०८० ०७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App