१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कर्णालीमा रोपाइँ हुन हम्मेहम्मे

दैलेखको दुल्लु नगरपालिका –११ खाइतडामा मगर भेषभुषामा रोपाइँ गर्दै। तस्बिर: गोविन्द केसी/नागरिक

वर्षात कम हुँदा कर्णालीमा रोपाइँ हुन हम्मेहम्मे परेको छ। बढी रोपाइँ हुने पहाड र चुरे क्षेत्रमा वर्षात कम हुँदा रोपाइँ हुन नसकेको हो।

कर्णालीमा सिचाइं सुविधा नपुग्दा आकाशे पानीको भर पनुपर्ने किसानहरुमा बाध्यता रहेको छ। जसको कारण साउन पहिलो हप्ता लाग्दा खेतमा रोपाइँ हुने तरखर नदेखिएको हो। असार लागेसंगै पानी पयाप्त नपरेका कारण खेतहरु अँझ बाँझो रहेको छ।

कर्णालीमा धान खेती हुने ४८ हजार १ सय ३३ हेक्टर जग्गामध्ये असारसम्ममा ३१ हजार २ सय ८६ हेक्टर जमिनमा ६५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको हो। सबैभन्दा बढी जुम्लामा शतप्रतिशत रोपाइँ सम्मन्न भएको छ। सुर्खेतमा ५० प्रतिशत मात्रै रोपाइँ भएको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।  

 दैलेखमा ५५ प्रतिशत, रुकुम (पश्चिम) मा ७५ प्रतिशत, जाजरकोटमा ७० प्रतिशत, सल्यानमा ७५ प्रतिशत धान रोपाइँ सकिएको छ। यस्तै हिमाली जिल्लाहरु डोल्पा, मुगु र कालिकोट हुम्लामा ९० प्रतिशतसम्म रोपाई भएको जनाईएको छ। खेती हुने जग्गा कर्णालीका पहाडहरुमा धेरै भएपनि सुविधा नभएका कारण प्राय बस्तीहरु पलायन भएका छन्। जसका कारण खेती गर्ने संख्या ग्रामीणबस्तीमा कम रहेको छ। धेरै जग्गा जमिन खेतीगर्ने मान्छे नहुँदा बाँझो रहेको छ। गाउँमा खेती किसानी गर्नेहरु पनि सिचाइँ सुविधा नहुँदा वर्षेनी हैरानी खेप्नुपरेको छ। जसका कारण आकाशे पानीको भर पर्नुपर्ने अवस्था विद्यमान छ। सिचाइँ सुविधा नभएका कारण आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता रहेको दैलेख नारायण नगरपालिकाका किसान मानबहादुर रानाले बताए।

कर्णाली प्रदेश सरकार अन्र्तगत रहेको कृषि तथा सहकारी मन्त्रालयका अनुसार कर्णालीमा रोपाइँ हुने खेतहरु हेर्दा ६५ प्रतिशत मात्र रोपाइँ भएको जनाइएको छ। हिमाली जिल्लाहरुमा चैत्रमा धानको विउ राख्ने र वैशाखमै रोपाइँ गर्ने भएकाले रोपाइँ भएको प्रतिशत बढी देखिएको मन्त्रालयले जनाएको छ।  

प्रकाशित: २ श्रावण २०८० ११:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App