२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री शाही प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ एकल सिफारिस

फाइल तस्बिर।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ एकल उम्मेदवार सिफारिस भएका छन्। बिहीबार दुई वटै प्रदेश कार्यसमितिले प्रतिनिधिसभा सदस्यका लागि शाहीको एकल नाम सिफारिस गरेका हुन् भने प्रदेश कार्यसमिति ‘ख’ले प्रदेशसभा सदस्यका लागि एकल नाम सिफारिस गरेको हो।

प्रदेश ‘ख’का सभापति तक्दीर लामाले प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ मुख्यमन्त्री शाहीको एकल नाम सिफारिस गरिएको जानकारी दिए। ‘दुबै प्रदेश कार्यसमितिमार्फत प्रतिनिधिसभा सदस्यका लागि मुख्यमन्त्रीज्यूको एकल नाम सिफारिस गरेका छौं, प्रदेशसभा सदस्यका लागि पनि उहाँको एकल नाम सिफारिस भएको छ,’ प्रदेश सभापति लामाले भने, ‘उहाँ प्रदेश र संघ दुबै ठाउँका लागि उपयुक्त भएकाले दुबैतर्फ एकल नाम सिफारिस गरेका हौं।’

प्रदेश ‘क’का सभापति मानदेव शाहीले गठबन्धन हुने भएकाले दुवैतर्फ नाम सिफारिस गरिएको बताए। ‘कर्णाली प्रदेशको मुख्यमन्त्री भएपछि उहाँले उल्लेख्य काम गर्नु भएको छ, संघमा हुँदा पनि उहाँले धेरै महत्वपूर्ण कामहरु गर्नु भएको थियो,’ शाहीले भने, ‘हुम्लाका लागि उहाँ सर्वमान्य नेता हो, त्यहीँ भएर दुवैतर्फ एकल नाम सिफारिस गरेका हौं।’

प्रदेश ‘क’ले प्रदेशसभा प्रत्यक्षतर्फ मानदेव शाही, अर्जुन महतारा र मंगलबहादुर शाहीको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ राम टमट्टा, सविता ऐडी, मैना बुढा र मिमबहादुर शाहीको नाम सिफारिस गरिएको छ। प्रदेश ‘ख’ले प्रदेशको समानुपातिकनतर्फ पदमबहादुर लामा, विजया बुढा र रिता लामाको नाम सिफारिस गरेको छ।

प्रकाशित: १६ भाद्र २०७९ १३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App