coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

बालअधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही

मुख्यमन्त्री शाहीले बलात्कार जस्तो जघन्य अपराध नेपालमा ठूलो समस्या बनेको तर्फ प्रदेश सरकार गम्भीर रहेको भन्दै यस्ता अपराध हुन नदिन सबै मिलेर हातेमालो गर्नुपर्नेमा जोड दिए।

प्रदेश विशेष कार्यक्रम समयमै कार्यान्वयन गर्न मुख्यमन्त्री शाहीको निर्देशन

मुख्यमन्त्री शाहीले मुख्यमन्त्री रोजगार कार्यक्रम, एकीकृत वस्ती विकास कार्यक्रम, कर्णाली उज्यालो कार्यक्रम, महिला आयआर्जन कार्यक्रम र मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहमा बजेट पठाइसकेको बताउँदै समयमै कार्यान्वन गर्न निर्देशन दिए।

मुख्यमन्त्री शाही प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ एकल सिफारिस

बिहीबार दुई वटै प्रदेश कार्यसमितिले प्रतिनिधिसभा सदस्यका लागि शाहीको एकल नाम सिफारिस गरेका हुन् भने प्रदेश कार्यसमिति ‘ख’ले प्रदेशसभा सदस्यका लागि एकल नाम सिफारिस गरेको हो।

संघीयता बलियो बनाउन प्रदेश संरचना बलियो हुनुपर्छः मुख्यमन्त्री शाही

मुख्यमन्त्री शाहीले स्थानीय तह जनताको चुल्होको सरकार भएको बताए। ‘नागरिकको दुःख पीडालाई नजिकबाट महशुस गर्ने भएकाले स्थानीय तहलाई जनताको चुल्होको सरकार भनिएको हो,’ उनले भने, ‘प्रदेश देखिने सरकार हो भने संघीय सुनिने सरकार हो।’

विषयगत मन्त्रालयलाई ताकेता गर्न निर्देशन

कर्णाली प्रदेश सरकारको बिहीबार सम्पन्न वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री शाहीले मन्त्री र सचिवको नाम बेचेर पैसा असुल्ने धन्दामा नलाग्न कर्मचारीलाई आग्रह गरे।

मुख्यमन्त्री शाही र स्विटजरल्याण्डका राजदूतबीच भेट: कर्णालीका द्वन्द्वपीडित बारे चासो

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग नेपालका लागि स्विटजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेट गरेकी छन्।

सांस्कृतिक पर्वले राष्ट्रियता एकता बलियो: मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सांस्कृतिक पर्वले नेपालको राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै आएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्