१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

रविको स्वागतमा उठे रास्वपाका सांसद, बालेनसँग हात मिलाएर बसे रवि

प्रतिनिधिसभा सदस्यको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले पद तथा गोपनियताको शपथ लिएका छन् । पद तथा गोपनियताको शपथ लिन सांसदहरू आआफ्नै भेषभुषाका साथ सिंहदरबार पुगेका थिए ।  

सांसदलाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शथप गराइसकेका छन् । शपथ हलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने केहीबेर ढिलो पुग्दा हल भित्र रहेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सहित उपसभापति डोरप्रसाद अर्याल, स्वर्णिम वाग्लेसहित सबै रास्वपाका सांसदले उठेर स्वागत गरेका थिए ।  

बरिष्ठ नेता बालेन्द्रसँग हात मिलाउँदै सभापति लामिछाने आफ्नो सिटमा बसेका थिए । 

प्रकाशित: १२ चैत्र २०८२ १४:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App