२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

केपी ओलीले जति नै गाली गरेपनि म पार्टी एकतावद्ध होस भन्ने पक्षमा छुः माधव नेपाल

नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टी एकताकै पक्षमा रहेको बताएका छन्। वरिष्ठ नेता नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बिहीबार र शुक्रबार काठमाडौंमा सम्पन्न बैठकमा नेता नेपालले एकताका लागि आफ्नो प्रयत्न जारी रहने र पार्टी एकतामा जोड दिन चाहेको बताएका हुन्।  

नेता नेपालले बैठकमा अध्यक्ष ओलीले आफूहरुलाई अल्मल्याउन खोजेको होकि? भन्ने आशंका समेत व्यक्त गरेको नेता रघुजी पन्तले बताए। वरिष्ठ नेता नेपालको भनाई उधृत गर्दै नेता पन्तले भने, ‘केपी ओलीले जति नै गाली गरेपनि आफू पार्टी एकतावद्ध होस भन्ने पक्षमा छु। एकताका लागि मेरो प्रयत्न जारी छ। पार्टी एकतामा जोड दिन चाहन्छु।’

बैठकमा नेपाल पक्षमा केन्द्रीय सदस्यहरुले पार्टी एकतामै जोड दिएका थिए। त्यसको जवाफ दिने क्रममा वरिष्ठ नेता नेपालले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताएका थिए। उनले आफूले पार्टी एकताकै पक्षमा जोड दिन चाहेको उल्लेख गर्दै सोही ढंगले आफ्नो मनोबल र उत्साहलाई कामय राख्दै पार्टी एकताको प्रयत्नलाई जारी राख्न पनि आफू पक्षका केन्द्रीय सदस्यहरुलाई आग्रह गरे।  

माधव नेपाल पक्षले १० बूँदे सहमतिलाई पार्टी एकताको आधार भएको उल्लेख गर्दै थप आधारहरु तयार पार्न सगजताका साथ अध्यक्ष ओली पक्षसँगको वार्तालाई निरन्तरता दिनुपर्ने आवश्यक्ता समेत औंल्याएको छ।

प्रकाशित: २२ श्रावण २०७८ १२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App