१ वैशाख २०८२ सोमबार
image/svg+xml ७:४७ पूर्वाह्न
राजनीति

गणतन्त्रको रक्षा गर्न स्वाभाविक कित्तावन्दी हुन्छः जनार्दन शर्मा

नेकपा माओवादी केन्द्रका उपमहासचिव गणतन्त्र र राजतन्त्र भन्दा गणतन्त्रवादीको स्वाभाविक कित्ताबन्दी हुने बताएका छन्। बुधबार नागरिकन्युजको डिजिटल संवाद कार्यक्रम ‘फ्रन्टलाइन’मा बोल्दै शर्माले यस्तो बताएका हुन्।  

राजावादी शक्तिको शक्ति प्रदर्शन चलिरहेका बेला गणतन्त्रवादी दलको कार्यगत एकताबारे नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले साेधेकाे प्रश्नको उत्तर दिँदै उपमहासचिव शर्माले भने, ‘कार्यगत एकता भएको छैन । तर गणतन्त्र र राजतन्त्र भन्दा स्वाभाविक रुपमा कित्तावन्दी त हुन्छ।’  

संविधान मिलेर बनाएका दल संविधानको रक्षाका लागि मिल्नु असान्दर्भिक नहुने पनि उनले बताए।  

‘संविधान त हामीले मिलेर बनाएका हौ नि फेरि । संविधान बनाउने दलले रक्षा गर्दा त मिल्छन् नै,’ उनले भने। संविधानको रक्षा भनेको संविधान कार्यान्वयन रहेको उनले बताए।  

प्रकाशित: ६ चैत्र २०८१ १९:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App