नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ वर्षसँगै जनताको समृद्धिको आकाङ्क्षा पूरा हुने विश्वास व्यक्त गरेका छन्।
नयाँ वर्ष २०८२ को अवसरमा स्वदेश र विदेशमा रहेका सबै नेपालीलाई सुख, शान्ति, स्वास्थ्य, समृद्धि र प्रगतिको कामना गर्दै उनले शुभकामना व्यक्त गरेका हुन्।
‘नयाँ वर्षले सम्पुर्ण नेपालीहरूमा सुख, समृद्धि र खुशी लिएर आओस्। सबै नेपालीहरूको मनको आकांक्षा पूरा होस्। राजनीतिक अस्थिरताको समाधान मिलोस्।’ शुभकामना सन्देशमा उनले भनेका छन्। रासस
प्रकाशित: १ वैशाख २०८२ ०६:५९ सोमबार