१३ वैशाख २०८२ शनिबार
image/svg+xml १७:४० अपराह्न
राजनीति

पाथीभरामा सिर्जित समस्या पहिचानको विषय हो : माओवादी सांसद् उप्रेती

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र) का कोशी प्रदेश सदस्य गणेश उप्रेतीले ताप्लेजुङको पाथीभरामा सिर्जित समस्या राजनीतिक नभई पहिचानको विषय रहेको बताएका छन् ।  

प्रदेश सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उप्रेतीले पाथीभराको विवाद सुल्झाउन सरकारले तत्काल सशस्त्र फौज हटाउनुपर्ने, केबलकार निर्माणको कार्य रोकिनुपर्ने र वार्ताबाट समस्या सामाधान गर्नुपर्ने माग राखे । 

प्रदेश सरकार सदनप्रति उदासीन रहन नहुने बताउँदै उनले सभामा उठेका गम्भीर विषयमा मुख्यमन्त्रीले आफैँ जवाफ दिनुपर्ने र यसका लागि सभामुखले ‘रूलिङ’ गर्नुपर्ने उल्लेख गरे ।  

विशेष समयमै जनता समाजवादी पार्टी संसदीय दलका नेता निर्मला लिम्बूले पाथीभरा मुक्कुम्लुङ क्षेत्रमा देखिएका विवाद सुल्झाउन सरकारसँग माग गरिन् । -रासस

प्रकाशित: २१ माघ २०८१ १६:५२ सोमबार

खुशी 50 %
दुखी 0 %
अचम्मित 25 %
हास्यास्पद 0 %
क्रोधित 25 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App