२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दोलालघाटमा माछा तार्दै एमाले अध्यक्ष ओली

झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार बिहान काभ्रेको दोलालघाट पुगेका छन्।

दोलालघाट पुगेका अध्यक्ष केपी शर्मा ओलीले माछा तारेका छन्। त्यहाँ स्थानीयसँगको अन्तरक्रिया पश्चात् ओलीले माछा तारेका हुन्।

माछा तारेको तस्बिर सामाजिक सञ्जालमा राख्दै ओलीले लेखेका छन्, 'इन्द्रावती र भोटेकोशी नदीको सङ्गमस्थल दोलालघाट माछाको लागि प्रख्यात छ। यहाँको व्यापार व्यवसायबारे थोरै कुराकानी भयो। माछा खान आउनेहरू यहाँ धेरै भेटिन्छन्। यात्राको क्रममा हामी दोलालघाट ओर्लियौँ, मैले माछा तारेर साथीहरूलाई खुवाएँ।'

सङ्कल्प यात्राको क्रममा ओलीले गरेका विभिन्न क्रियाकलापको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। यसअघि उनले विद्यालय नै पुगेर बालबालिकासँग गरेको भेटको चर्को आलोचना भएको थियो। राजनीतिक कार्यक्रममा हिडेका ओलीले विद्यालयमै गएर बालबालिकासंग भेटेपछि आलोचना भएको हो। 

प्रकाशित: २५ मंसिर २०८० ०७:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App