महोत्सव महिमा
साहित्यले सामाजिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता हाम्रो जस्तो विकासशील र राजनीतिक अस्थिरता भएको मुलुकमा बढी टड्कारोका साथ अनुभव गरिन्छ । हालका साहित्यिक महोत्सवहरू एक किसिमले फेसनकै रूपमा प्रचलित छन्, चाहे त्यो विदेशमा हुने गरेका महोत्सवहरू नै किन नहोऊन् ! महोत्सवहरूले कुनै पार्टीको महाधिवेशनको रूप लिनलिन खोजेको पनि पाइन्छ । यिनको आयोजन माथि भनिएका सामाजिक पक्ष र साहित्यिक विमर्शभन्दा प्रदर्शनकामी भएका छन् ।

