नउघ्रेको आकाश

सबैले मलाई गुन्टे सार्कीकी जहान भन्छन्। ऊ मरेको त ४ वर्ष भैसक्यो। तर, अझै उसैको नाम जोडेर बोलाउँछन्। किन होला? मेरो नि नाम छ त। माइतीमा हुँदा त मलाई सबैले सुकमाया भन्थे। तर, त्यो त धेरैअघि केटाकेटी बेलाको कुरा भो। अहिले त आफै ६० वर्ष टेकिसकेँ। अब जल्ले जे भनेर बोलाए नि केही छैन।