७ वैशाख २०८१ शुक्रबार
भाउपन्थी


भाउपन्थीका लेखहरु :

महादेवको राहत

बैंकको काउन्टरमा उभिएका थिए कुलेश्वर निवासी महादेव । महादेव शर्मा भन्दा पनि हुन्छ, किनभने शर्मा धेरैले लेख्छन्— पौडेल, सुवेदी वा घिमिरे जे भए पनि । ब्राह्मण वर्गका हुनु पर्‍यो शर्मा लेख्न । तर महादेवको परिचयमा यसो किन भन्नु पर्‍यो भने उनलाई देवाधिदेव महादेव नठानियोस् जसले मनुष्यको रूप धारण गरेर बैंकको व्यवस्था गोप्यरूपमा बुझ्न काउन्टरमा उभिएका होऊन् । त्यो पहिलाको चलन हुन्थ्यो, शासकहरू छद्मभेष गरेर जनजीवनका कष्टहरू बुझ्न निस्कन्थे ।

राधाकृष्ण र अन्य

कथाकार राधाकृष्ण आफूलाई असफल रचनाकार भन्ने चिठी सम्पादकलाई लेख्ने पाठकलाई कम्तीमा पनि एक पटक प्रत्यक्ष देख्न पाए हुन्थ्यो भन्थे, चित्त दुखाएर । त्यो चिठी छापिएदेखि कथाकार अथवा लेखक राधाकृष्ण उदास रहन थालेका छन् । उनले पाठक महेश्वरको त्यो चिठी छापिएको पत्रिका पनि पाएका छन् । सम्पादक पनि परिचित नै हो । उसले त्यो चिठी हाइलाइट गरेर छापिदिएको रहेछ ।

एकला चलो रे

विष्णुप्रसाद ‘त्रिवेणी’ को क्लेम केही छैन। ठूलो क्लेम। उनले एक लेखकका रूपमा जीवन यापन गरे। फलतः सुगरग्रस्त छन्। उनी अझै जीवितै छन्। बेलाबेला डाक्टरले थाइरोइड जँचाउने सल्लाह पनि दिन्छ। निद्राको समस्या छ।

झङ्कट

एउटा झङ्कटे कथा थियो। लेखिराखेको पनि छ महिना बितिसक्यो। धेरैले कथा मागिसक्दा पनि कथाकार वर्तुलले त्यो कथा दिएको थिएन।

अरू के नै बाँकी रह्यो ? ढुक्क भएर सुत्दा हुन्छ !

‘कथा सुरक्षित छ। कथा नछापिने पनि होइन। म बिरामी परेर घरै बसेँ। यो अङ्कमा मेरो असिस्टेन्टले आफ्नै कथा छिराएछ। ऊ पनि आफ्नै बिरादरीको प-यो, भन्नु पनि के भन्नु?’ सम्पादकले ‘तपाईंको कथा झिकेर आफ्नो कथा छिराएछ असिस्टेन्टले’ भनेन।

बाबाको सपना अर्थात् कथा जारी छ

कथाकारको दिमागमा एउटा टपिक फुर्याैं। टपिक माने शीर्षक, ‘बाबाको सपना’। अपरिपक्व अवस्थामै उसले त्यो टपिकको कथा कागजमा उतार्न खोज्यो। त्यो उचित थिएन। कथालाई सिजेरियन गरेर बलजफ्ती जन्माएजस्तो हुन सक्थ्यो। बलजफ्ती नभनौँ, तर अप्राकृतिक भने त मिल्छ।

भाषाको गति

भाषाका माध्यमबाट साहित्यिक वा असाहित्यिक रचनाको अध्ययन विश्लेषण भिन्न विषय ठहरिन्छ तर सामान्यतः भाषामा आएको परिवर्तनले समाज, राजनीति र सांस्कृतिक परिवर्तनको स्वरूप र गति पहिल्याउन कति पनि गाह्रो हुँदैन। यो विषय अत्यन्त गम्भीर छ तर गम्भीरता आवरणगत नभई अध्ययनको भित्री चुरो भइदिएमा त्यसले वास्तवमै भाषाप्रति हितकारी परिणाम दिन सक्छ।

सन्न्यास

मलाई कथा नलेख भन्नु ठूलै राष्ट्रिय अपमान थिएन, सिमानाभित्र छिरेर एसएसबीले गोली ठोकेर नागरिक मारिरहेको थियो र नेताहरू आँखा निहुराएर आफूले माफी माग्ने मुद्रामा पारिकालाई माफी माग्नुपर्छ भनेर सानो स्वरमा भनभनाइरहेका थिए। त्यस्तो चोट त सहियो भने अब यो मुलाले कथै लेख्न छाडिदे भन्दा कत्रो वेदना हुने थियो र? झेलिएकै छ।

अंगीकृत शब्दहरू वंशजमा

नेपाली समाजले अनेक सम्मिश्रित भाषिक क्षमता बढाउँदै शब्दहरूको  जुन भण्डार र स्वरूप कायम गरेको छ त्यो अत्यधिक बिग्रेको छैन वा बिग्रेकै छैन भने पनि हुनेखालको छ। शब्दहरूलाई छेकबार गर्न नमिल्ने खुला सीमाको नेपाली भाषा भएकाले यो अझ समृद्ध र सम्पन्न हुनेछ, तर सचेत हुनुपर्ने चुरो कुरो एउटा यो छ, यो भाषालाई कुरूप बनाउने प्रयोगहरू नगरौँ।

एउटा हारमोनियमको निधन

विवाद हुनु त छँदै थियो, त्यसरी हारमोनियम चितामा फालिदिनु। पुरानो समयको सतीप्रथामा पनि यति निर्ममतासाथ पत्नीलाई पतिको चितामा हुर्‍याइँदैनथ्यो होला। मानिसहरूले अनुमान गरे। छोरोले निर्ममतापूर्वक त्यो एन्टिक भइसकेको हारमोनियम आगोमा होमिदियो। अचेल यस्तो हारमोनियम पाइँदैन। ओल्ड इज गोल्ड। कसैले भने– 'ठीक गर्‍यो! बुढोले हारमोनियमको पछि लागेर स्वास्नी–छोरो छाडिदियो। आफू पनि मर्‍यो।'

सहमतिको सियो

नेकपा एमालेको संविधान कार्यान्वयन र निर्वाचनको माग सामयिक सन्दर्भमा उचित देखिएको र जनताको समर्थन पनि प्राप्त हुने शंकामा सरकार यस मागलाई पूर्ण समर्थनका साथ कार्यान्वयन गर्न हिच्किचाइरहेको छ।

अविस्मरणीय अन्वेषक

कमलमणिको निधनको समाचार सुनेर स्तब्ध नहुने कमै होलान् । आफ्ना असल कार्यहरूद्वारा अविस्मरणीय व्यक्तित्व बनाएका उनको महाप्रस्थानले शून्यता पैदा गरिदिएको छ । तर, सबै भौतिक देहको एउटा कालसीमा त हुन्छ नै । कमलमणिले देह त्यागेर गए पनि उनका दीर्घजीवी कार्यले नेपाली साहित्यक सधैँ उनीप्रति ऋणी रहने छ र सदा श्रद्धाका साथ स्मरण गरिरहने छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्