५ वैशाख २०८१ बुधबार
अन्य

एकला चलो रे

विष्णुप्रसाद ‘त्रिवेणी’ को क्लेम केही छैन। ठूलो क्लेम। उनले एक लेखकका रूपमा जीवन यापन गरे। फलतः सुगरग्रस्त छन्। उनी अझै जीवितै छन्। बेलाबेला डाक्टरले थाइरोइड जँचाउने सल्लाह पनि दिन्छ। निद्राको समस्या छ। तै जीवित छन् तर लेखकीय इतर जीवन बाँचेर। कर्मशील। होइन, उनी रिटायर्ड छन्। जाहेरै छ जीवन लेखनले धानिने समय आइपुगेको छैन। कहिले आउला ? त्यसको पनि ठेगान छैन। मुलुकको अवस्था विपन्न छ भन्न त समृद्ध मुलुक सुखी जनता भनिएको छ।

तर त्रिवेणीले गरिबीको राग नअलापेर सन्तोष लिने गरेका छन्। पुराना मूल्यमान्यताका अवशेष उनमा अभैm जीवित छन्, लेखकका रूपमा उनी स्वतन्त्र भएर बाँच्न नसके पनि। समाचार पनि छ र प्रतिपक्षको आरोप पनि छ, सरकार अभिव्यक्ति स्वतन्त्रताप्रति असहिष्णु छ। लेखनमाथि पनि खतरा छ?

त्रिवेणीले नेपाली साहित्यमा केही देन दिने प्रयास गरे। प्रयास त गरे, देन दिए वा दिएनन् त्यसको मूल्याङ्कन हुनेवाला थिएन। साहित्यमा एक बेग्लै खालको कल्चर डेभलप भइसकेको छ। असल–खराबभन्दा पनि आफ्नो गुट र विचारसमूहको प्रचार र त्यसलाई अघि बढाउने। तैपनि त्रिवेणी पोजिटिभ थिङ्किङ्गमा छन्। कसरी एक दिन उनको मूल्याङ्कन नहोला ? तर समस्या थियो मूल्याङ्कन कुन आधारमा हुने ? लेखकीय पुँजी कम भएका लेखक हुन् त्रिवेणी। त्यसैले बढीको अपेक्षा पनि गर्दैनन्। हातमा पत्ती राम्रा छैनन्, गेम जित्ने आस पनि छैन। उनको लेखन नयाँहरूको खातमुनि च्यापिएर निसासिएको छ। 

‘नलेखी रहन सक्दिनँ’ भनेर ‘त्रिवेणी’ ले आजीवन भनेनन्। भन्ने ठाउँ पनि थिएन, जीवन अभैm बाँकी नै छ। आजसम्म लेखेरै आए, अब के क्लेम गर्ने ?  उनले त्यस्तो भन्नै नमिल्ने खण्ड छ। उनी स्वभावैले रिजर्भमा बस्न मन पराउँछन्। सुगर त छँदै छ, थाइरोइडको आशङ्का पनि छ।

त्रिवेणीको अर्को भनाइ पनि छ जुन उद्धृतयोग्य छ। त्यो हो, ‘लेख्नु मेरा लागि कहिल्यै जीवनमरणको प्रश्न बन्नै सकेन।’ बनेन त्यो जाहेरै छ। कारण उनले नलेखेको अलि लामै समय भयो। तर प्रश्न छ नलेखेपछि लेखक अपरिचयमै गायब हुन अभिशप्त हुन्छ। यस्तो निष्कर्ष निकाल्छन् उनी र भित्रभित्रै मन दुखाउँछन्। मन दुख्नुको कारण यो, उनी पनि अपरिचयमै गायब हुनेमध्ये एक हुन गइरहेका छन्। ‘समय धेरै छैन त्रिवेणी गियर बदल’ स्वयंलाई यस्तो आह्वान गर्छन्।

मन दुखाउनु पनि उचित छ। त्रिवेणी चाहन्छन् यस्तो कथा लेखूँ, पहिलो वाक्य पढेपछि पाठक धसिँदै जाओस्। मानौँ ऊ भास वा दलदल वा क्विक स्यान्डमा फसेको छ। जति हलचल गर्छ उति तल भासिँदै जान्छ। यहाँ भासिनुको मतलब कथा पढ्नुसित थियो। किन्तु अचेल भास वा दलदल वा त्यो अर्को के हो बगुवा बालुवा अफ्रिकातिर मात्र पाइन्छ। मुलुकका सबैजसो सिमसार मेटिँदै छन्। यो अर्को तथ्य थियो। मानौँ कथा लेखनमा खडेरी छ उनी घुमाएर यो सोच्न चाहन्थे। मौसम रुग्ण छ।

अर्को दरो तथ्य पनि छ, लेखकको प्रचारै छैन। नेताको छ। घोटाला वा काण्ड वा अरू केही भइराखेकै हुन्छ। कुनै न कुनै नेता वा मन्त्री त्यसमा मुछिएकै हुन्छ। यो एउटा ईष्र्यालाग्दो विषय हो, नाम चर्चिन हुनुमा। तर उनी ? खासमा उनी आफ्नै बारे अलि कुण्ठित छन्। किन यो लेखनजस्तो केहीमा उनी फसे।

एकपटक लेखनमा लागेपछि अरू कामतिर मनै जाँदैन। शब्दहरूमा तगडा सम्मोहन हुन्छ। लेखनको विकल्प के छ भन्ने प्रश्नको उनी सामना गर्न सक्दैनन्। डराउँछन्। विकल्पको प्रश्नले उनलाई क्वाप्पै निल्छ। माने यस्तो प्रश्नसँग लड्नु पौडिन नजान्नेले समुद्रमा पसेर ह्वेल माछासँग लाप्पा खेल्छु भन्नुु सरह हो। यो ह्वेलसँग लाप्पा खेल्ने कल्पनाले त्रिवेणीलाई केही बेर मक्ख पार्छ। उनमा नयाँ कल्पनाको स्रोत सुकेको रहेनछ भन्ने आत्मविश्वास जाग्छ। सुगरले जिउ गलाउँदै ल्याएको छ, युवा जोश झिक्दाझिक्दै उनी लत्रक्क पर्छन्।

त्रिवेणीले प्रयास ग-यो भने लेखन जगत्मा झण्डा गाड्न सक्छ है— यो कुरो ह्वेलसँग लाप्पा खेल्ने मुहावराले सिद्ध गरेको छ। त्यस्तो मुहावरा क्वाइन गर्नु लरतरो लेखकीय सामथ्र्य होइन भनेर स्वयंलाई धाप दिए उनले।

उसरी त्रिवेणीले सानोतिनो झण्डा गाडेकै छन् भन्नुपर्छ। केही मात्रामा नेपाली साहित्यका पाठकले उनलाई चिनेकै छन्। यसले पनि उनलाई थोरबहुत आत्मसन्तुष्टि दिन्छ। तर सीमित वर्गको परिचयले उनलाई पूर्णतः सन्तुष्टि दिँदैन। किन दिँदैन भनेर उनले खुलासा नगरे पनि बुझ्न सकिन्थ्यो, उनी अलि बढी प्रसिद्ध हुन चाहन्छन्।

तर साहित्यिक प्रसिद्धिले घोटाला वा काण्डमा फसेको नेताको कुख्यातिको प्रसिद्धिले जस्तो यो समाजलाई प्रभावित पार्दैन। उसमाथि साहित्यकारमध्ये कवि बढी चिनिन्छन्। कवि साहित्यको तस्कर त होइन ? त्रिवेणी कवि हुन सकेनन्। उसरी उनको साहित्य लेखन कविताबाटै भएको हो। तर पछि उनी कथातिर लागे। कथाकार हुँदैमा समाजमा उच्च ठाउँ पाइहालिन्छ भन्ने अपेक्षा त्रिवेणी गर्दैनथे। सामान्य रूपमा साहित्यमा आइयो र यहीँबाट जाइन्छ पनि अनि आपूm स्मल स्केलको रचनाकार हुँ म भन्ने पनि छ उनलाई।

यसरी समाजमा इज्जतदार ठाउँको आस किन गर्न नहुने भन्नेबारे खुलासा गर्नुपर्ने केही छैन। भनियो, त्रिवेणी प्रसिद्ध साहित्यकार हुन चाहन्थे, आत्मसन्तुष्टिका लागि। त्यो पूरा भइरहेको छैन— आत्मसन्तुष्टि होइन, प्रसिद्धि। प्रसिद्धि पाए जाहेरै छ आत्मसन्तुष्टि स्वतः आइहाल्थ्यो। एकले अर्कालाई ताक्ने स्वभावका हुन्छन् प्रसिद्धि र आत्मसन्तुष्टि। त्यसले मान्छे मोटाउन थाल्छ। त्रिवेणी खियाउटे छन्। औडाहा र असन्तुष्टिले।

त्रिवेणी मान्छन्, पहिला न अहिलेका नेताहरूमा विशेष गुण छैन नत्र मुलुक अहिले जसरी भड्खालोमा जाकिनेजाकिने अवस्थामा पुग्ने थिएन। उनी नेताहरूका बेइमानीप्रति तिक्त थिए, शून्य सहनशील भनौँ। यद्यपि ‘शून्य सहनशीलता’ शब्दावली नेताहरू प्रयोग गर्न बढी मन पराउँथे। विशेष गरी सत्तामा बस्दा। भ्रष्टाचार गर्ने भए पनि। तर त्रिवेणी शून्य सहनशील थिए त्यस्ता भ्रष्ट र बेइमानप्रति तर इमानदारीपूर्वक गरिने भ्रष्टाचार हुँदैनथ्यो। त्रिवेणी त्यो पनि बुझ्दथे।

त्रिवेणी लेखनको चिन्ता छाडेर मुलुकको चिन्ता गर्न लागे। हिँड्दै पनि छन्। चरैवेति। उनको विचारमा यो जरुरी पनि छ, मुलुकको चिन्ता। ‘मुलुकप्रति मेरो चिन्ता जायज छ,’ उनी आपैmँले आपूmलाई सम्बोधन गरे। उनी सडकको पेटीमा छन्। हिँडिरहेका छन्। चरैवेति। हातमा झोला छ र त्यसमा तरकारी छ।

तर आफ्नो चिन्ता सर्वोत्कृष्ट ठहराउन सबैलाई एउटै टाँगोले सोत्तर पार्नु मनासिब थिएन। उनले भने, ‘भ्रष्टाचारले मुलुक सङ्कटमा जाकिएबारे यो मेरो समग्र जीवनकै अनुभव हो भने म यसमा संशोधन गर्न तयार छैन।’ यस्तो भन्ने सायद उनी वैचारिक रूपमा प्रतिबद्ध थिए होला। गरिबीका कारण भ्रष्टाचारविरुद्ध प्रेरित पनि थिए कि?

त्रिवेणी भ्रष्टाचारबारे आफ्नो धारणाको संशोधनमा जान तयार छैनन्। भन्छन्, ‘भ्रष्टाचारले नै मुलुकलाई बिगा¥यो।’  उनले भ्रष्टाचारविरुद्ध धेरै लेखेका छैनन् तर र यो उक्ति प्रयोग गर्नबाट उनी पछि हट्दैनथे। उक्ति निरापद छ र सर्वमान्य छ। आज भ्रष्टाचारविरुद्ध लेख्ने कति छन् ? अभियान छेड्ने कति छन् ? उनले अफसोससाथ सोचे, तर त्यसमा उनी पर्दैनथे।

‘साथै लेख्नु पनि एउटा लत हुन सक्छ। गाँजाभाङ, अफिम–हेरोइनको लत वा ड्रग एडिक्टभन्दा फरक।’ भ्रष्टाचार पनि एउटा लत हो। त्रिवेणी कोसित प्रश्नोत्तरमा व्यस्त थिए, त्यो मूर्त रूपमा देखिएन। उनी आपूmसित कोही हिँडिरहेको छ भन्ने मान्दै गफिइरहेका जस्ता देखिन्थे। यो उनको मोनोलग थियो। मञ्चमा एक्लै संवाद गर्ने पात्र। नाट्यलेखनमा पनि उनलाई रुचि छ। लेख्न सकिरहेका छैनन्। फिल्म स्व्रिmप्ट लेखनमा पनि हात हाल्ने विचार गरेका थिए, आँट आएन। लाइन नै बुझेका छैनन्।

त्रिवेणी एक्लै सडकमा संवाद गर्दै हिँडेको देख्नेहरू थिए। उनी मायालोकमा विचरण गर्छन् भनिन्थ्यो। उनको लेखन मायाजाल पैmलाउने खालको थिएन। यथार्थ लेखनका पक्षधर थिए उनी। तर लेखनको अतिशय ताप र चापले उनी त्यसरी स्वगत संवादलीन भइरहन्छन् भन्ने अपुष्ट हल्ला थियो। लेखकलाई लेखनको चिन्ताले थिच्नुभन्दा उत्तम अरू के हुन्छ ? उनको अगाडि स्तरीय लेखन निरन्तर जारी राख्नुपर्ने चुनौती पनि रहिरहन्थ्यो। उनी यसबाट त्रस्त भएर एकल संवादमा व्यस्त रहन्थे कि ? मानिसलाई मनको ताप र त्रास पोख्न एउटा न एउटा आउटलेट त चाहिन्छ नै। नेताहरू चुनावको चापलाई निदान दिन भ्रष्टाचार गर्छन् कि?

विष्णुप्रसाद त्रिवेणी आफूलाई लरतरो ठान्दैनन्। जरुरी पनि छैन। आपूmलाई एक औपन्यासिक पात्र मान्छन् जो समयपरिस्थितिवश कथामा सीमित भएको छ। कथा पनि लघुकथाको फर्मेटमा जसमा धेरै शब्दको सम्भावना हुँदैन। यसो भन्दा उनी निराश छन् भन्ने लाग्न सक्छ। तर उनी निराश छैनन्। कुनै दिन लेखनको ‘खुल जा सिमसिम’ भेटिन÷फेला पर्न सक्छ भन्ने सोच राख्छन्।

कुनै दिन भन्नु त्यो कुनै एउटा दिन जुन त्रिवेणीको जीवनकालमै आउँछआउँछ। किन्तुपरन्तु उनको जीवनको अधिकांश समय बग्ने छिपछिपे खोलाको पानी जस्तो बगिरहेछ, यो दुखद् पक्ष थियो। तर ‘मेरो समय आउँछ’ भन्ने दृढविश्वास छ उनमा। नाम चल्न सक्छ। नाम त अहिले पनि सामान्यतः चलेकै छ। त्यत्तिमै हाल उनी सन्तुष्टि–असन्तुष्टिको चाकाचुलीमा तलमाथि भइरहन्छन्। यसरी उनी निकै जटिल मानसिक द्वन्द्वमा फसेको पाइन्छ। निराशामाथिको आशा होइन, थप निराशा।

मुलुकको कुनै एक सहरमा साहित्यको महोत्सव चलेको रहेछ। विष्णुप्रसाद त्रिवेणीलाई बोलाइएन। अरू कसकसलाई बोलाइयो त्यो लिस्ट उनीसँग थिएन, त्यसैले जान्ने कुरो पनि भएन। समाचारमा उनी सुन्छन् साहित्य महोत्सवमा विदेशका ख्यातिप्राप्त लेखकहरूको सहभागिता छ। तर त्रिवेणी किन बोलाइएनन्, उनी त यसै मुलुकभित्र उपलब्ध छन्। यसै ठाउँ उनलाई आफू लघुकथामा सीमित लघुपात्र महसुस हुन्छ। लघुताभास। कसैले उनको यो व्यथा बुझ्ने सद्भाव देखाउँदैन।

त्रिवेणी सकारात्मक हुन खोज्दै संवादलीन हुन्छन्— ‘नबोलाएर के भो ? आपैmँ जाँदा हुन्थ्यो। अमेरिका इङ्ल्यान्ड जानुपर्ने त थिएन। हवाईजहाज चाहिएन, बस चढ्यो गयो। साहित्य महोत्सवमा जान्छु भनेपछि घरकाले जोरजाम गरेर टिकटका लागि रकम दिने थिए। गएर एक छेउमा उभिएर साहित्यकारहरूको विचारविमर्श सुने भइहाल्थ्यो। ठूलै नाम पैदा भएकै छैन त खोज्दैखोज्दै निम्तोकार्ड दिन आउने खण्डै छैन। हो, व्रmान्तिकारी विचारका लेखकहरूले मात्र भाग लिन्छन् त्यहाँ।’ यस्तो हावा चलाइएको थियो। एक हदसम्म त्रिवेणी पनि आपूmलाई क्रान्तिकारी मान्न तयार छन्। वरिपरि उनका चेलाचपेटा कोही नहुनाले उनी गुमनाम र अचर्चित छन्। क्रान्तिक्रान्ति ! उनलाई धोका भएको छ।

त्रिवेणी परिचयहीन हुनुको पीडा भोग्दै छन्। परिचित कहाँ हुन देलान् निमछराहरूले। ‘को त्रिवेणी ? हू इज ही ? नो बडी सर ! हि इज नोबडी !’ अलिअलि कनीकुथी त्रिवेणी अङ्ग्रेजीमा संवाद कथ्छन्। जो छ सो उनलाई अगाडि आउन दिनु हुँदैहुँदैन, हुनै दिइँदैन। साहित्यमा पनि फोहोरी राजनीति छ। कीचड छ। यो उनको दिमागको सैतानले सिर्जना गरेको वैचारिक डिजाइन हो। राजनीतिका विवेचकहरू मुलुककै विस्तारवादी–साम्राज्यवादी राजनीतिक डिजाइनमा फसेको छ भन्छन्। एउटा बृहत् डिजाइनमा। अधोपतनको डिजाइन।

त्रिवेणी डराउँछन्। साहित्यले यस्तो षडयन्त्रको डिजाइन फोर्न सक्छ ? नत्र साहित्यको के काम ? लेखक म¥यो, पाठक बाँचेको छ भन्दै लेखकलाई पाठकको मोहरा बनाएर रमाउनमा व्यस्त भएपछि मुलुकको के वास्ता ? महाभारत पनि साहित्य हो। त्यसमा को युवापात्र अभिमन्युले चव्रmव्यूहभित्र प्रवेश गर्ने प्रक्रियाबारे आमाकै गर्भमा थाहा पाएको थियो रे। तर बाहिर निस्कने उपाय आमा निदाएकीले सन्न पाएन। त्यस्तै भइरहेछ कि क्या हो ? ग्य्रान्ड डिजाइनभित्र त मुलुक पस्यो तर निस्कने उपाय थाहा छैन। मुलुक अष्टपाशमा जकडिएको छ ! 

त्रिवेणीले टाउको झड्काले। उनी सडकमा छन्। सोचमा आएका ‘निमछरा, कुण्ठा’ शब्दप्रति स्वयंसित आपत्ति जनाए। भर्खरै संसद्मा चर्काचर्की गर्दै यस्ता असंसदीय शब्द हटाइयोस् भनेर प्रतिपक्षले माग गरेको छ। दुई दिनपछि ती शब्द हटाइएका छन्। साहित्यमा त त्यस्तो छैन। सन्दर्भ मिलेमा त्यस्ताभन्दा अझ खरा र चर्का शब्दले ठाउँ पाएका हुन्छन्, हटाइँदैनन्। तर ‘निमछरो’ शब्दप्रति त्रिवेणीमा एकाएक किन मोह जाग्यो।

मोहरात्रि पनि होइन आज। किन त्यो शब्दप्रति सम्मोहित भए त्रिवेणी ? निमछरो नभए त्रिवेणी कुण्ठित पनि छन् कि ? संसदमा त यस्ता शब्द प्रयोग गरिएमा प्रश्न उठाउन पाइन्छ। माने सांसद निमछरा वा कुण्ठित छन् भन्ने प्रश्न ? त्यहाँ यस्ता शब्द अमर्यादित र असंसदीय मानिन्छन्। भलै चुनावमा गरेका वाचाहरू बिर्सेका सांसदहरूले संसदमा टेबिल ठटाउँदै बहस गरिरहेका हुन्छन् र पनि।

त्रिवेणीलाई माया गर्नेहरू उनी निमछरा र कुण्ठित छन् भन्ने प्रश्नको सामना गर्न चाहँदैनन्। त्रिवेणी के थिए के भए भन्ने मत पनि छैन। उनी जे थिए त्यही छन्। मात्र अलिकति अचेल डिमेन्सियामा पसेजस्ता छन्। सुगर छ। चर्कै छ। अर्को के रे त्यो थाइरोइडको पनि शङ्का छ। तर उनको खानपानमा नियन्त्रण छ।
त्रिवेणी रोगव्याधिग्रस्त जनतामध्येकै एक हुन्। मधुमेहपीडित पनि छन्, पैदलै छन्, यो स्पष्ट छ। डाक्टरको सल्लाह पनि छ, कसरत गर्नुस्, धेरै हिँड्नुस्। केही अज्ञात समस्या होला उनको जीवनमा वा लेखनमा। मनमा दबाएर राख्नु स्वाभाविक छ। यो पनि स्वाभाविक छ, उनी आफ्नो दिनचर्यामा मग्न रहन्छन्। कसैैले आफ्ना कुरा सुनेन भनेर उनलाई पिर छैन। ‘एकला चलो’ मा विश्वास गर्छन् कि ? एकताका यो ‘एकला चलो रे’ खुबै प्रचलनमा थियो। साहित्यिक फेसन। त्यसले असफलताले गाँजेको नैराश्यलाई सहारा दिन्थ्यो। अचेल साहित्यमा के–के कोट गरिन्छ त्यो त्रिवेणीले फलो गर्न सकेका छैनन्।
त्रिवेणीको विचारमा अचेल साहित्यमा गफ बढी चल्छ।

मानिसले मनका कुरा अरूलाई सुनाउँदै नसुनाएपछि ‘एकला चलो रे’ मा विश्वास गर्छ वा गर्दैन त्यसबारे सवाल बन्ने प्रसङ्गै रहँदैन। तर बसमा, माइक्रोमा र कतैकतै तिनपाङ्ग्रेमा कोच्चिएर वा भीडभित्र धक्का खाँदै हिँड्दा पनि ‘एकला चलो रे’ नै भइन्छ। यो त्रिवेणी प्रखरतासाथ अनुभव गर्छन्। सहरै यस्तो छ। वरिपरि मानव सागर वा समुद्र नभनौँ तर ओइरो छ र पनि व्यक्ति एक्लो छ। जुलुसमा, प्रदर्शनमा हिँड्दा ऐक्यबद्ध भएर हिँडेभैmँ हुन्छ। राजनीतिले फुटाउँछ भन्छन् तर हकअधिकार प्राप्तिको जुलुसहड्ताल, प्रदर्शनसमेत तोडफोड, आगजनी र हिंसाहत्यामा जोड्दो पनि रहेछ।

आज घाम छ। त्रिवेणी एक्लै हिँडिरहेछन्। घर पुग्ने हतार छैन। छोरो छ। उनले यो कुरो धेरैलाई जानकारी गराएका छैनन्। छोरो डाक्टर छैन। छोरी छे। डाक्टरी पढ्छु भन्छे। उनको छोरो वा छोरी डाक्टर–इन्जिनियर नहुनु भन्ने छैन। तर हुन सकेनन्। आर्थिक समस्याले अवसर दिएन। उम्दा सन्तान छन्। छोरो ठेलागाडामा आलुप्याज राखेर बेच्ने काममा त छैन, कुनै एउटा जागिरमा छ। घुसफुस जे भन्छन् त्यो अटोमेटिक आउँछ, सिस्टमले भागसान्ति दिएर आउने गर्छ। फाल्टु खान्छ पनि होला।

युगधर्म हो भनेर त्रिवेणीले छोराको भ्रष्टाचारलाई क्षम्य बनाउँछन्। भ्रष्टाचारले मुलुक डुबायो भन्दै गर्दा त्रिवेणी छोरोलाई यति मात्र भन्छन्— ‘अख्तियारको फेला नपरेस्। ठूला माछा छाडेर साना माछा समातिन्छन् भन्ने स्थापना छ। तँ अहिले साना माछामा पर्छस्। ठूलो माछो भएपछि छुट पाउनेछस्।’ उनको भ्रष्टाचारविरोधी मानसिकता र विचार दुवै सन्तानमोहका अगाडि विसर्जित हुन्छन्। भ्रष्टाचार गर्नु पनि अपडेट भएर समयका साथ हिँड्नु हो।

जीवनमा अप्ठेरो आइप¥यो भनेर छोराछोरीलाई खलपात्र बनाउन मिलेन। तर बागमतीलाई जति सफा गरे पनि ढल मिसाउन छोडिने होइन। त्रिवेणी खिसिक्क हाँस्छन्। छेउछाउमा मानिस हिँडिरहेछन्। उनलाई त्यसको परवाह छैन। एउटा डिजाइनमा फसिएको छ। मुलुकलाई नै कहिले हँसाउने हो वा कहिले रुवाउने हो त्यसको पूर्वनिश्चित डिजाइन छ। रिमोट छ। उनी खिसिक्क यस कुरामा पनि हाँसे। आफ्नो असफलताको कारण सन्तानमा उनले खोजेनन्। आधारै थिएन। कथाकार हुन्। तर त्रिवेणी नामक पात्रको दुःखको कारण उसका सन्तान हुन् भनेर चित्रण गर्न सक्थे। 

त्रिवेणीको हातमा झोला छ। त्यसमा तरकारी छ। किनमेल पनि गर्छन्। पत्नीलाई सघाएको अनुभूति हुन्छ। छोरो जागिरमा छ। तरकारीका लागि पैसाको गर्जो हुँदैन। नयाँ–नयाँ जागिरे छ। डिजाइनभन्दा बाहिर छ। अहिले नै भ्रष्टाचारी हो भन्ने लेबल नलाग्ला। इमानदारी र बेइमानीको बीचमा प्यान्डुलम भइरहेको होला। पुरानो हुँदै गएपछि उपरी आम्दानी पनि बढ्दै जानेछ। भन्छ, ‘बाबाको सपना पूरा गर्छु।’ प्रफुल्ल हुन्छन् त्रिवेणी।

त्रिवेणी सोच्न थाल्छन्, असल सन्तानका कारण मात्रै मुलुक डिजाइनबाट उम्किन सक्छ। अभिमन्यु असल सन्तान थियो वा थिएन ? अभिमन्यु रिलोडेड हुन सक्छ वा हुनबाट डिजाइनरले वञ्चित गरिरहेछ ? अलमल्याउने प्रश्न छ। त्रिवेणीको दिमागमा मुलुक छ कि बोझ छ ! भ्रष्टाचारले खायो मुलुक। यो उनको निर्विवाद स्थापना हो। पेपर र मिडियामा पनि यही कुरा आइरहन्छ। तर...। डिजाइनले भन्छ मुलुकको मिडियालाई नियन्त्रणमा लेऊ नत्र तिम्रो अभीष्ट पूरा हुन सक्दैन।

सबैले सजग हुनु जरुरी छ। त्रिवेणीले यो लाइन पनि सोच्छन्। उनलाई लाग्छ, कुनै एउटा राजनीतिक दलको जागरण अभियानतिर लागियो कि ? अलिकति खबरदारी पनि गर्छन् आपूmलाई त्रिवेणी। राजनीतिक लाइन समात्नु छैन, सबैले सजग रहनु जरुरी छ भनेर आपूm भुसुक्क निदाउँछन् नेताहरू। राजनीति मात्र एउटा डर्टी गेम भएर रहिगयो। त्रिवेणी झस्कन्छन्, विचार धेरै क्रान्तिकारी भयो कि? पछाडि फर्केर हेर्छन्। कसैले उनलाई फलो गरिरहेको नहोस् डिजाइनरले खतरा मानेर। वा कसैले पिठिउँमा धाप मार्दै यो नभनोस्, ‘स्याबास त्रिवेणी, मुलुकका लागि सोच्ने तैँ एक जना वीर मात्र रहेछस्।’ 

त्रिवेणीको सोचविचारमा विशृङ्खलता आउन थाल्छ। कतै तरकारीको झोला फालेर उनी एक ठाउँ झोक्राएर बस्ने त होइनन्। घरको ठेगाना बिर्सने त होइनन् ? भोक पनि लागिरहेछ। घर पुगेपछि खाजा खान पाइन्छ। चारो राखेर घण्टी बजाइदिएपछि कतैबाट पनि आउने मुसो जस्तो भइएको छ भोकले। घरमा तर उनी मुसो होइनन्। उनको कुरा सुनिन्छ। कार्यान्वयन नगरिए पनि कुरा सुनिन्छ। उनी बोलिरहँदा अलिकति दबेको व्यङ्ग्य स्वर आउँछ, ‘सरकारले गरेको काम नदेख्ने, विरोध मात्र गर्ने ? दिन दुई गुना रात चौगुना विकास भइरहेछ।’

छोरोले सचेत गराएको छ, सुगर कम भयो भने भाउन्न हुन सक्छ। टफी साथमा लिएर हिँड्नू। चक्क्र लाग्न थाल्यो भने टफी मुखमा च्यापेर पेटीछेउको पसलको अगाडि उभिनू वा बस्नू। अनि चक्कर थामिन्छ र दिमाग पनि ठन्डा हुन्छ। त्यसपछि हिँड्नू।’ माने यात्रा जारी राख्नू। सुगरको भाउन्नले घर कहाँ हो त्यो पनि बिर्सिन सकिन्छ रे। डाक्टरले भनेको।’ उनको खल्तीमा नामथरसहित फोन–मोबाइलका सम्पर्क नम्बरहरू, ठेगाना र ब्लड ग्रुप लेखेको कार्ड छ। 

त्रिवेणी त्यसै गर्छन्। टफी मुखमा हालेर छेउको पसलअगाडिको पेटीमा बस्छन्। मुखको टफी गलेपछि बिस्तारै दृष्टि स्पष्ट हुँदै आउँछ। दिमागका फतौरे कुरा हराउँदै जान्छन्।
त्रिवेणी स्वस्थ महसुस गर्छन्। उनी उठेर घरतिर जाने उपक्रम गर्छन्। 

प्रकाशित: १३ श्रावण २०७६ ०८:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App