प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गत गठित उपसमितिले विवाहको उमेर १८ वर्षमा झार्न सुझाव दिएको छ ।
बुधबार उपसमितिले विवाहको उमेर १८ वर्षमा झार्न सुझावसहितको प्रतिवेदन पेस गरेको हो ।
उपसमितिले मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा कानुन कार्यान्वयनबारे अध्ययन तथा अनुगमन गरेपछि यस्तो सुझाव दिएको हो ।
हाल विवाहको उमेर महिला र पुरुष दुवैको २० वर्ष कायम छ ।
प्रकाशित: २ माघ २०८१ १४:२८ बुधबार