८ वैशाख २०८१ शनिबार
अन्य

अरू के नै बाँकी रह्यो ? ढुक्क भएर सुत्दा हुन्छ !

दिवाकरले सम्पादकलाई कथा इमेल गरेको पनि थियो। इमेलले कथा पु-यायो पु-याएन भर भएन। प्रत्यक्ष कुराकानी गरेर आश्वस्त हुन खोज्यो लेखक रामशरण, उपनाम ‘दिवाकर’। अनि मोबाइलमा कुरा ग-यो। उत्सुकता थियो, मोबाइलमा जबाफ के आउँछ?

‘दिवाकर’ उपनाम उसले लहडमै राखेको थियो। यो कुरो पत्तो लगाउन प्राचीन इतिहास उत्खनन गरेजति सकस थिएन। पहिले त्यो उपनाम ट्रायल बेसिसमा राख्यो। पछि उसलाई त्यो उपनाम मन पर्दै आयो। रामशरणभन्दा ‘दिवाकर’ भनेरै चिनिन रुचाउन थाल्यो। अहिले नागरिकतामा नामसहित उपनाम राख्न पाइने प्रावधान पास भइरहेछ। दिवाकरले सोचेको छ, पुरानो नागरिकता साट्दा नामसँगै उपनाम पनि लेखाउने।

राष्ट्रिय ख्याति त पाइसकिएको छैन। एक दिन त्यो हुन सक्छ। राष्ट्रिय ख्यातिका गौरवशाली एक लेखक ‘दिवाकर’ ऊ हुन सक्छ। राजनीतिवालाले लेखक–कलाकार राष्ट्रका गहना हुन् भन्छन्। लेखक भोकै मरे मरोस्। उनीहरू माल कुम्ल्याउँछन्।

तर अहिले दिवाकरको रचनाको कुरो छ। कथा पठाएको पत्रिकाको सम्पादकलाई अनुहारले चिनेको छैन तर नामले चिनेको छ। पहिलो फोन सम्पर्कपछि आत्मीयता बढाउने प्रयास गरेको हो। सम्पादकले पछि म सम्पर्क गर्छु भन्दै फोन राख्ने गरेको छ। सम्पादकले नमागी उसले रचना पठाएको छ।

सम्पादकको एउटा आग्रह जस्तो थियो, रचना पठाइराख्नुस् न, म हेरुँला।  दिवाकरलाई शङ्का लाग्थ्यो, सम्पादक ऊबाट किन खोजिरहेछ। किन? मोबाइलमा पक्कै पनि सास गनाएर होइन। कि सम्पादक सञ्चार मन्त्रीको चाकरीमा छ। सञ्चार मन्त्री निकै मोटोघाटो छ, तोँदवाला। ठूलै चाकरी रुचाउने जस्तो। थोरथोरै चाकरी गर्नेलाई छेउमा पर्न देला जस्तो छैन। सम्पादक मिहिनेतका साथ लागेको होला, चाकरीमा।

रचना कहाँ पुग्यो? छापिने हो होइन? छापिने होइन भने? के गर्ने? दिवाकरले फर्दर सोचेको छैन। त्यसैबारे सम्पादकलाई प्रत्यक्षतः कुरो गरेर जानकारी लिनु छ, रचना छापिन्छ भने किन अहिलेसम्म छापिएन? नछापिने भए त्यो रचना अर्को पत्रिकालाई ऊ दिन सक्छ। अन्त कतै छापिन नसकेर रचना त्यहाँ पठाएको होइन। एउटा धम्की जस्तो प्रस्तावना उसले सम्पादकको अगाडि मनोगत रूपमा राखिहेरेको छ। सम्पादकले के भन्ला ? होइन, म हेर्दै छु भन्ला। नेता र सम्पादकमा अन्तर रहेन त?

‘हेलो !’ मोबाइल सम्पर्क हुनासाथ दिवाकरले सम्पादकलाई हेलो गरेको छ। आवाज कठोर नहोस्। यसतिर ऊ सचेष्ट छ। मनमा कतै यो पनि छ, बल्लतल्ल रचना छापिदिने एक अलि मिष्टभाषी सम्पादक भेटिएको छ। त्यस्तालाई आफ्नो अनुकूल पार्न छाडेर भित्री कठोरता झल्किने स्वरमा कुरा गर्नु उचित छैन। बिच्किन सक्छ। अचेल रुपैयाँमा किलोको हिसाबले पाइने लेखक जन्मेका छन्। दिवाकरको प्रयास यो छ, रुपैयाँमा किलोका हिसाबले पाइने लेखकको वर्गबाट उम्किने। त्यसका लागि यो सम्पादक एउटा शक्तिशाली जरिया हुन सक्छ।

दिवाकरले सम्पादकको अनुहार देखेको छैन। तस्बिरमा पनि। कस्तो होला? लुतेपाते विनम्र वा मोटोचिल्लो दम्भी र उपेक्षा गर्ने? वा सेतै फुलेको वा अरू केही? दिवाकरलाई यी सबै कुरासँग सरोकार छैन। तर कथाकार हो, कल्पनालोकमा विचरण गर्न सक्छ।

अहिले उसले पठाएको कथा नेपाली कथासाहित्यमा एउटा माइलस्टोन वा कोसेढुङ्का सावित हुन सक्छ। दिवाकरको अन्तरात्माले यो भन्छ। रातारात उसको नाम भाइरल भएर विश्व कथासाहित्यमा चर्चित हुन सक्छ। अरू सबै हुन सक्छ तर यो हुन सक्छ वा सक्दैन उसलाई शङ्का लाग्छ। वा कथा पढन् सम्पादकले सहायकलाई अराएको छ। सहायकले आफ्नो ग्रुपको मान्छेको कथा छाप्न छोडेर कताको यो दिवाकर वा निशाचरको रचना किन छाप्ने? छाप्दिन भनेर डिलिट पो गरिदिएको छ कि?

‘को बोल्नुभएको?’ उताबाट सम्पादकले भनेको छ। यसको मतलब यो भयो, सम्पादकले दिवाकरको नामसहित मोबाइल नम्बर आफ्नोमा सेभ गरेको रहेनछ। दिवाकरले अलि उपेक्षित महसुस ग-यो। रचना पनि पठाऊ र को बोल्नुभएको भनिने पनि होऊ। लेखकको इज्जतै के छ? तर दिवाकरले अपमानबोधलाई घुटुक्क निल्दै सोच्यो, अपमानित हुनु छैन, जीवनमा धेरै हन्डर खानु छ। जीवनमा होइन कथालेखनमा। त्यसैले प्रयास जारी राख्, चाकरी बजा नाम बना— दिवाकरले आफूलाई प्रोत्साहित पनि ग-यो।

के थाहा, उसको रचना छापिन प्रेसमा गइसकेको पो छ कि?
‘सम्पादकज्यू, म बोलेको दिवाकर। तपाईंको मित्र।’ उसले आफूलाई सम्पादकको मित्र बनाइटोपल्यो। सम्पादकले नाक खुम्च्यायो होला। यो जबरजस्ती मित्र बन्ने को होला?

‘अँ भन्नुस्, किन फोन गर्नुभयो ?’
सम्पादकले स्पेस दिँदै छ। दिवाकरले सियो जाने ठाउँमा बन्चरो घुसार्दै भन्यो, ‘सर मैले एउटा कथा पठाएको थिएँ, त्यो के भयो ?’ ऊ मजाकमा यो भयो सकसकाएको थियो— कतै प्राविधिक कारणले डिलिट त भएन?

पहिलोपटक मोबाइल सम्पर्क गर्दा उसले सम्पादकलाई ठट्यौलो पारामा भनेको थियो— ‘सर हामी अकिञ्चनका कथा पनि छापिदिने गर्नुप-यो।’
‘त्यस्तो होइन, हामी सबै लेखक समूहका हौँ। हाम्रो कलस्टर नि। रह्यो रचना छाप्ने, त्यो त रचना सशक्त छ भने कहीँ पनि छापिन सक्छ। चिन्ता नलिनुस्।’ उसको कुरा सुनेर सम्पादकले तटस्थ स्वरमा भनेको थियो।
‘थ्याङ्क्यु सर।’

ऊ मोफसलको थिएन तर अकिञ्चन भन्यो। तर किन अकिञ्चन ? उसले स्पष्ट गरेन। वर्तमानमा राजधानीमै बसोबास गथ्र्यो यद्यपि उसले बसाइसराइ अझै गरिसकेको छैन। मोफसलको भए रुन्चे स्वरमा कम्पन पैदा गर्दै ‘हामी मोफसलकालाई प्रायोरिटी दिएर प्रोत्साहन दिनतिर तपाईंको लोकप्रिय पत्रिकामा छापिदिने विचार पु-याइयोस् सर,’ उसले त्यति भेउ पाएन।

यो पहिले भएगरेको र कल्पनामा निर्वाह गरिएको मोबाइल संवाद थियो।
सम्पादकले रचना सशक्त छ भने जहाँ पनि छापिन्छ। सैद्धान्तिक उद्गार पोखे पनि त्यसो भएन। उसले पठाएको कथा सशक्त थियो कि थिएन ? यो सम्पादकले छाँटछनक दिएन। सशक्त होस् नहोस् छापिन ढिलो भइरहेछ। नछापिने भए ? दिवाकर यो कल्पना गर्न सक्दैनथ्यो। उसको त्यो कथाले कममा छापिने अवसर पायो भने उसलाई एउटा अप्रत्याशित (?) एक्सपोजर दिने थियो। ऊ लेखिसकिएको कथैपिच्छे एक्सपोजर पाइन्छ भन्ने सोच बनाउँथ्यो। त्यस्तो घटित भइहेको थिएन।

कथा छापिने नछापिने ठेगान थिएन। चाकरी बजाएरै पनि छपाइछाड्छु भन्ने अन्तर्भावनाले उत्प्रेरित भएर उसले सम्पादकलाई मोबाइल गरेको हो। छापिन्छ छापिन्न भन्ने नैराश्यले छटपटिरहेको थियो ऊ।

‘सर मैले फोन गर्नुको कारण यो हो कि...’ दिवाकर एक आधुनिक कथाकार हो तापनि सम्पादकलाई ‘मैले निवेदन गर्नुको कारण यो हो कि’ भन्ने पुरानो शैलीमा कथाबारे बिन्ती बिसायो, ‘सर, कथा छापिने नछापिने ठेगान भएन। त्यो कथालाई के गरुँ कसो गरुँ सर ?’ पछि बिस्तारै थप्यो, ‘सर, सरले त कथा माग्नुभएको होइन। तर लेखिराखेको कथा पठाइहालुँ न सही मूल्याङ्कन हुने विज्ञकहाँ भनेर पठाइहालेँ। त्यो मेलमा हराएको भए म फेरि पठाउन सकिहाल्छु नि सर।’

सम्पादकले मागेको कथाको बेग्लै महत्त्व हुन्छ। दिवाकरले पठाएको कथा नमागिएको क्याटेगरीमा प-यो। खतरा छ।

‘कथा सुरक्षित छ। कथा नछापिने पनि होइन। म बिरामी परेर घरै बसेँ। यो अङ्कमा मेरो असिस्टेन्टले आफ्नै कथा छिराएछ। ऊ पनि आफ्नै बिरादरीको प-यो, भन्नु पनि के भन्नु?’ सम्पादकले ‘तपाईंको कथा झिकेर आफ्नो कथा छिराएछ असिस्टेन्टले’ भनेन।  त्यसो भनेको भए अपरिचित असिस्टेन्टसँग अर्को खालको द्वन्द्व सिर्जना हुने थियो। दगा राखेको, इबी राखेको जस्तो। होइन, उसको जस्तो त्यो पनि ब्लपैm हो कि ? असिस्टेन्टलाई बलिको बोका बनाइएको।

दिवाकरले सम्पादकको कुरा मनोयोगका साथ सुन्यो। मोबाइलमा भ्वाइस क्लियर आइरहेको थियो। सम्पादकको खुलासाले ऊ चिन्तित भयो। वन अतिक्रमण जस्तो केही हुँदो रहेछ त्यहाँ पनि। अनि उसलाई लागिरह्यो सम्पादकले नैतिकता नभएपछि भन्ने वाक्यांश थपिहाल्छ कि? तर त्यो आवाजहीनहरूको आवाज जस्तो यथार्थबोध गराउने आरोपण वाक्य आएन।

दिवाकरको विचारमा सम्पादक र डाक्टरहरू बिरामी पर्दैनन्। तर यो सम्पादक बिरामी परेछ। बिरामी त बिरामी, कस्तो बिरामी ? ज्वरो हो कि ? फ्लु, बर्डफ्लु, स्वाइनफ्लु वा रगतमासी ? सम्पादकहरूलाई हुन सक्ने बिरामीको वर्गीकरण गर्नु थिएन दिवाकरलाई तापनि एउटा टेस्ट (स्वाद) आइरहेथ्यो, सम्पादकहरू यो यो बिरामीले थला पर्दा रहेछन् भन्ने तथ्य पर्गेल्याउनमा।

कथा सुरक्षित छ भनेको सूचना पाएपछि दिवाकरले हस् त भन्दै कुरा अरूतिर मोडेर अन्त्यमा कथा कहिले छापिन्छ भनेर सोध्न सक्थ्यो। मोबाइल उठ्नेबित्तिकै हेलो सम्पादज्यू, मेरो कथा छापिएन, कहिले छाप्नुहुन्छ भन्नु अशिष्ट ठहरिने थियो। एक मन त दिवाकरलाई यो लाग्यो, शिष्ट–अशिष्टका कुरा घाममा सुकाइदे, कथा नै डकारिदिए भने ? एउटा कथा तयार पार्न कति हम्मे पर्छ त्यो लेखुवालाई नै थाहा हुन्छ। तर त्यसो भन्दैमा सम्पादकसँग अशिष्ट व्यवहार गर्नु त मुख्याइँ हुनेछ। दिवाकर मूर्ख हुन चाहँदैन।

‘सर, यसो छ, त्यो छ नि मासिक पत्रिका, हो त्यसको सम्पादकले अहिले नै छाप्न एउटा कथा चाहियो भन्दै छ। सरकहाँ पठाएको कथा त्यता दिएर अर्को कथा पठाइदिऊँ कि ? के भन्नुहुन्छ ?’ उसले ब्लफ दिँदै सम्पादकको अनुमति चाहिएजस्तो ग-यो।  दिवाकरले स्वर विनम्र बनाएर तर त्यहाँ कथा छापिँदैन भने अर्को ठाउँ छपाउने क्षमता ममा छ भन्ने लुकेको थ्रेट निहित स्वरमा भन्यो। ‘म डिमान्ड नभएको कथाकार होइन बुझ्नुभो !’ यस्तो भनेन। भनेको भए ऊ सम्पादकको कोपको भाजन हुन सक्थ्यो।

त्यहाँको कम्प्युटरमा पुगेको कथाको हाकिम सम्पादक नै हुन्छ। लेखकको रचना अथ्र्याउन पाठक स्वतन्त्र छ भनेभैmँ।
दिवाकरले भनेको अर्को एक मासिकको सम्पादक भनेको को ? त्यो मासिकमा पुरानो सम्पादक फेरिएर नयाँ आइसकेछ। नयाँ सम्पादक दिवाकरलाई रुचाउने व्यक्ति थिएन। त्यो व्यक्तिलाई दिवाकरले अनेक कविगोष्ठीमा हँसिलो अनुहारले हायहेलो गरे पनि उसले अन्तरघात गर्ने कार्यकर्तालाई नेताले झैँ अनिच्छापूर्वक अभिवादन फर्काउने गथ्र्यो। दिवाकरले त्यस्तो मौकामा सोच्थ्यो, मेरो अनुहारमै खोट छ वा जन्मजात शत्रुता भनेको यस्तै हुन्छ। त्यस्ताले अनुरोधपूर्वक ऊसँग कथा माग्ने खण्ड पनि थिएन। दिवाकरको अस्तित्व नै नकार्नेले विनम्रतापूर्वक रचना माग्ने सवालै बन्दैन।

उता मोबाइलमा कान थापेर सुनिरहेको सम्पादक मुसुक्क हाँस्यो। सबैले यस्तो त भन्दैनन्। आजै रचना पठायो आजै छापियोस् भन्ने दिवाकर जस्ता लेखन्ते कमै हुन्छन्। पटक–पटकको सम्पर्कले सम्पादक दिवाकरको हडबडे द्रुत मनस्थिति बुझ्ने भएको थियो कि ? ऊ फटाफट मधेस र काठमाडौँ जोड्ने द्रुतमार्ग निर्माण गर्ने हतारमा हुन्थ्यो।

तर यो छ, कथा ठीकै छ। तैपनि एउटा जवाफ दिनै प-यो। भन्यो, ‘हुन्छ हुनलाई। तर अर्को कथा दस दिनभित्र पठाइदिनु पर्छ। कथा प्रेसमा पठाउने तयारी भइसकेको छ। तपाईंको पनि जाँदै छ। यो अङ्कमा स्योर छापिन्छ। के गर्नु, म बिरामी परिहालेँ।’ दिवाकरको कथा पढेर बिरामी परेजस्तो आभास आइरहेथ्यो। के कथा त्यति भयङ्कर छ, सम्पादकलाई नै ओछ्यान पार्ने? खै? दिवाकर स्वयंलाई थाहा छैन। कविता भए समीक्षकहरू भएनभएका अर्थरोपण गरेर बौद्धिक कसरत देखाउने थिए।

सम्पादकले एउटा समयसीमा तोक्यो। मान्छे तह लाउन मैले पनि जान्या छ ! थ्रेट, त्यो लुकेकै भए पनि स्वीकार्य छैन। प्रस्टसित भन्यो, अर्को कथा दस दिनभित्र बुझाउनु पर्छ। दससित सामान्यतया जोडिने पन्ध्रलाई पनि जोडेरे भनेन अर्थात् दसपन्ध्र दिनभित्र।

दिवाकरले यो बुझ्यो, कथा छापिने रहेछ। उसको दिमागमा खिटिक्क यो खट्को भयो, कथा अन्यत्र पठाउँछु भनेर कुरो बिगारेँ। पुरानै चलनअनुसार पनि रचनाको प्रसव मानिस जन्माउनुभन्दा कठिन छ भन्छन्। दस महिना लाग्छ सुत्केरी हुन। तीनचार महिनामै कथा छापियोस् भन्नु कत्तिको न्यायसङ्गत छ हँ? दस महिना पर्खनै पर्ने थियो। कुरा बिग्रियो। अघाएकाहरूले डाँडापारि खाऊँ भन्छन्। के दिवाकर त्यति भोको छ, डाँडैवारि खाइहालुँ भन्नुपर्ने? सम्पादक के अघाएको छ? भोक लाग्दैन होला त? बिरामी परेँ पनि भनिरहेछ। अपचको बिरामी हो कि? के सम्पादक थकित छ? कि असिस्टेन्टले पत्रिकाको लगाम हातमा लिएको छ?

कुरो प्रेमबाहिर नजाओस्। यो प्रयत्नमा लाग्यो दिवाकर। एउटा गीतको टुक्रा सम्झियो रिल्याक्स हुन— उइ खोलीमा पानी, उइ खोलीमा माछा...’ बाँकी उसले सम्झेन। ऊभित्र जीवित लोकसंस्कारको त्यति पङ्क्तिको बलले नै ऊ रिफ्रेस भइहाल्यो। अनि अलि विनम्र हुँदै सम्पादकसँग कुरा ग-यो।

‘होइन हौ सम्पादकज्यू, कथा दसै दिनभित्र त कसरी लेखिभ्याउँला र?’

‘त्यो त तपाईं सोच्नुस्। म बिरामी नपरेको भए तपाईंको कथा उहिल्यै छापिइसक्थ्यो।’ बडो स्पष्ट प्रकारको सम्पादकीय जस्तो जवाफ आयो। सम्पादकले बल पनि उसकै कोर्टमा फालिदियो, कट हान्दै। सोच्नु पनि के थियो? ब्लफ दिइएको थियो। दिवाकरलाई स्वयम्ले बनाएको माथि घाँसले छोपेको धरापको खाल्डोमा आफैँ खस्न लागेको अनुभव भयो।

दिवाकरले मनमनै सम्पादकको प्रशंसा पनि ग-यो यद्यपि त्यो प्रशंसा अङ्ग्रेजहरूले आफैंले युद्धमा पराजित गरेको शत्रुपक्षको यशगानमा भन्ने गरिएको ‘हाम्रा शत्रुहरू वीरतापूर्वक लडे’ भनेजस्तो थियो।

सम्पादक उसको मित्र थियो, नदेखेको भए पनि। रचना छापिदिन्छु भनेकै छ त शत्रुभाव कहाँबाट छि-यो?

‘यसो गरूँ न त सर, दस दिनभित्र कथा लेख्नु भनेको पराव्रmमकै कुरो हो। त्यो म गर्न सक्दिनँ। त्यस्तो च्यालेन्ज मैले स्वीकार गरे पनि पूरा गर्न नसकुँला। त्यो कथा त्यहीँ रहोस्, सरसँगै। सरले नै छाप्नोस्। त्यो मासिकको सम्पादकलाई कथा पछि दिन्छु भनुँला, हुन्न।’ हुन्छ वा हुन्न सम्पादकले निर्णय दिने कुरो थिएन। एउटा निष्कर्ष जसमा आपूmले सुरक्षित अवतरण गर्नु जरुरी थियो त्यसका लागि सम्पादकलाई पनि समावेश गराएजस्तो संवाद बुनेर उसले भन्यो। त्यो भाव सम्पादकले पनि बुझ्यो, दिवाकरले त भनेकै थियो, बुझ्नै आवश्यकतै थिएन।

सम्पादकलाई समावेश गराए पनि उताबाट जबाफ आएन। जमाना समावेशीको पनि छ। सम्पादक खुसी हुनुपर्ने हो। यद्यपि असंगत उदाहरण भए पनि एउटा व्यङ्ग्य त बन्छ, समावेशितामा सबैजसो नेताले संसदमा आ–आफ्नै श्रीमतीहरू छिराएका छन्। अग्नि साक्षी राखेर सुखमा पनि दुःखमा पनि साथ दिन्छु भनेपछि संसदमा मात्रै पतिपत्नी छुट्टिए र कसरी बस्नु ?
अब अरू के नै बाँकी रह्यो ?  
सम्पादकले भनिसक्यो, कथा छापिन्छ। दिवाकर चुनाव जितेको नेताझैँ ढुक्क भएर सुत्दा हुने भो।

प्रकाशित: २२ जेष्ठ २०७६ ०६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App