१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

कमर्सियल ब्रेक

जगन्नाथ निदाइरहेका छन् निस्लोट ।
चौथो दिन बित्यो तर पनि उनको होस खुलेन । डाक्टरले अर्धअचेत स्थितिमा रहेको उनको होस खुल्ने र पूर्णतः ठीक हुने आश्वासन दिइसकेका छन् । अतः परिवारभित्र कुनै ठूलो रुवाबासीको लहर चलिरहेको छैन अहिले । स्वास्नीचाहि“को आ“खा ओभानो नभएको एकाध दिन नै भयो ।
खुल्यो । खुल्यो ।

हो, जगन्नाथको  आ“खा खुल्यो । होसमा आए उनी । आ“खा यताउति घुमाउ“दै उनले जिज्ञासा पोखे– ‘मलाई किन यहाँ“ ल्याइएको हो ?’
‘बिरामी भएर । एक्कासी के भयो, भयो तपाईलाई !’ स्वास्नीले उनको जिज्ञासा मेटाउन चाहिन् ।
‘अनि त्यो टीभी ?’
‘घरमै छ ।’

‘मलाई घरमा लैजानुअघि नै त्यो टीभी कतै हुत्याइदिनू ।’ जगन्नाथले आक्रोश मिसिएको स्वरमा आदेश दि“दै भने र अस्पतालका रुग्ण भित्तातिर आ“खा बटार्दै हेर्न थाले । भित्तामा एउटा माउसुली किंकर्तव्यविमूढ टोलाइरहेको थियो ।
०००
आज जगन्नाथले घरमा टेलिभिजन भित्राएका थिए । उनले यति भव्य र सानदार ढंगले घरमा टेलिभिजन भित्राएका थिए कि त्यसरी त नया“ दुलही भित्राउ“दा पनि तामझाम गरि“दैन ।

‘खै ! रामलाल पण्डित अझैसम्म आइपुग्नुभएको छैन ?’ आ“गनमा टेलिभिजन बिसाउने बित्तिकै जगन्नाथले स्वास्नीलाई सोधे । आँ“गन भने सिंगो टोल नै उल्टिएर आएकाहरूको बथानले भरिपूर्ण थियो आज ।
‘आइपुग्ने बेला भो ।’ स्वास्नीले टाउको छोप्दै भनिन् ।
‘कलर नै हो नि, हैन त जग्गु ?’ एक जना छिमेकीको प्रश्न थियो ।

‘कालोको जमाना नै गयो दाइ । पूरै कलर हो, चौबीस इन्चको ।’ जगन्नाथ प्रसन्न मुद्रामा प्रकट भए । र, आ“गनमा उपस्थित टोलभरिका स्वास्नीमान्छे, बुजु्रकहरू र केटाकेटीतिर एकसरो नजर बिछ्याउन थाले ।
‘ल, ल पण्डित बाजे आइपुग्नुभयो, सबै चिज ठीक छ, हैन ?’
‘छ, सबै ठीक छ ।’
‘घर बाहिर पूजा गरेर छिराउने कि, के गर्ने ?’
‘घरभित्रै राखेर पूजा गर्नु ठीक होला ।’ रामलाल पण्डितले सुझाव दिए ।
चौबीस इन्चको टेलिभिजनको पूजा–पाठ प्रारम्भ भयो । ‘अहिले त पूजा–पाठमात्रै हो । भरे बेलुकी बत्ती आएपछि मात्र चल्छ । अनि पिक्चरहरू देखाउ“छ यल्ले ।’ जगन्नाथले टेलिभिजन हेर्न उपस्थित भएका मान्छेसामु भने ।

जगन्नाथको एउटा ठूलो सपनाले पूर्णता पाएको थियो आज । आफ्नै घरमा, घरकै कोठामा रंगीन टेलिभिजन हेर्ने सपना उनले सा“चेको वर्षौं भएको थियो । उनको योजना त पोहोर साल नै उखु बेचेर एउटा रंगीन टेलिभिजन भित्राउने थियो, तर पोहोर उखुले राम्रो दाम नै पाएन । घाटा बेहोरेर बेच्नुप¥यो ।

त्यतिबेला लागेको ऋण अहिलेसम्म तिर्न सकेका छैनन् । पन्ध्र वर्ष नटेक्दै एक वर्ष उमेर बढाएर नागरिकता लिइदिए जेष्ठ सुपुत्रको । पोहोर साल नै उसको भिसा लाग्यो । र, खाडी मुलुकतिर उड्नका लागि छोराले पहल सुरु ग¥यो । छोराको भिसा लागेपछि टोल–छिमेकतिर ऋणपान गरेर र पत्नीको गहना निखारेर विदेश उडाउन सफल ठहरिएका थिए उनी ।
‘तेरो पहिलो कमाइबाट एउटा टेलिभिजन किन्छु म ।’ जगन्नाथले सर्त तेस्र्याएका थिए छोरासामु ।

‘हुन्छ, किन्नु होला, तर पैसा पठाउन कति समय लाग्छ,’ छोराले भनेका थिए, ‘तर, टीभी किन्न जा“दा वृजेश काकालाई लिएर जानु नि ! तपाईंलाई केही थाहा छैन, ठग्न सक्छन् । वृजेश काकालाई लिएर गएपछि काम तमाम हुन्छ ।’
जेष्ठ सुपुत्रको कमाइको पहिलो किस्ताबाटै जगन्नाथले घरमा टेलिभिजन भित्राएका थिए ।
०००
पूर्व–पश्चिम राजमार्गको एउटा सानो बजार हो– नया“ रोड । त्यहीँबाट जानुपर्छ बरहथवा बजार पनि । नया“ रोड आइपुग्न जगन्नाथलाई त्यस्तै सात–आठ मिनेट लाग्छ । हि“डेर होइन, साइकलमा । बाटो अलि उवडखावड नै छ । पोहोर साल अलिअलि माटो हालेर पुरे पनि उस्तै भइसकेको छ अहिले । नया“ रोड, उनीहरूबीच गफको पोयो बाट्ने एकमात्र उपयुक्त थलो हो ।
‘मलाई त यसपालि उखु रोप्न जा“गर नै चलेको छैन ।’ जगन्नाथले चौताराको पल्लो छेउमा बसिरहेको बिजुतिर फर्किदै भने ।
‘किन ?’
‘पोहोर साल राम्रो दाम नै पाइएन ।’
‘अरु बाली लगाउनुभन्दा त उखुमै फाइदा छ नि ! राम्रो दाम पाएको वर्ष त चा“दीकटाइ नै हुन्छ नि !’ बिजुले भने ।
‘यी चिनी मिलवाला पनि हरेक वर्ष निहु“ खोज्छन् । उखु काट्ने बेला स्वात्तै भाउ घटाइलिन्छ ।’
‘सर्खारले पनि भाउ तोकिदिए हुन्थ्यो नि ।’

‘तोक्यो सर्खारले !’ जगन्नाथले सडकपारीको समीको बडेमान वृक्षको टुप्पोतिर आ“खा पु¥याउ“दै भने । एक बथान हलेसो समीको गेडामा झुत्तिइरहेका थिए । र, पेट उदरस्थ गरिरहेका थिए ।

‘अ“, तपाईंको टेलिभिजनले त राम्रै काम गरिरहेको छ नि !’ बिजुले सोधे ।
‘अलि झ्यारझ्यार आइरहेको छ अचेल ।’
‘यही चोकमा बनाउन ल्याए हुन्छ नि !’

‘विचार त गरेको छु । तर एक–दुई दिन हेरौँ ।’ जगन्नाथले खल्तीबाट चुरोटको बट्टा निकाल्दै भने । र, चुरोट सल्काउन थाले । क्षणभरमा नै चौतारा धुवाँमण्डलमा बदलियो ।
‘आज भोटाङे कता लागेछ ?’
‘लालबन्दीको हटियातिर लाग्यो होला नि !’
‘ए, सा“च्ची त !’ जगन्नाथले केही सम्झिएझैँ गरी भने । फुर्सदको समयमा, जगन्नाथको दैनिकीभित्र यही बजारमा नै टहल्ने नै पर्छ । बजार झर्नु, पीपलको वृक्षले सजिएको चौतारामा बस्नु, चुरोट पिउनु, चिया खानु र आफ्ना समकालीनहरूसित गफका अनेक शृंखला बुन्नु नै जगन्नाथको समय–रटनीको भरपर्दो बाटो हो ।
‘अनि, छोराको कमाइ कस्तो छ रे त !’ बिजुले सोधे ।
‘राम्रै छ रे ।’
‘पैसा कत्तिको पठाइरहेको छ ?’

‘इमानदार छ । त्यति खर्च पनि गर्दैन । ऊस“गै गएकाहरूले त्यति पैसा नै पठाउ“दैनन् । तर, मेरो छोराले भने राम्रै गरिरहेको छ ।’
‘हो नि ! तपाईंको छोरास“गै गएका सत्तुको छोराले एक पटक पठाएदेखि अहिलेसम्म पठाएकै छैन रे ।’
घाम डुब्न लागिसकेको थियो, आज । जगन्नाथ र बिजुबीचको संवाद लामै समयसम्म तन्कियो । चुरोट पनि बट्टा नै रित्तियो र चिया पनि दुई–चार कप नै ! सा“झ नभित्रि“दै दुवै जना आआफ्ना गन्तव्यतिर लागे– जगन्नाथ उत्तर, बिजु दक्षिणतिर ।
०००
एकाध दिन भयो, जगन्नाथ उखुबारीमा जान छाडेका छन् । त्यस दिनको भयावह दृश्य, घटना–बिम्बले अहिलेसम्म पनि उनको मष्तिकमा बारम्बार झट्का हान्छ । कति खल्लो र भयभितपना आफूभित्र भित्राएका थिए त्यस दिन उनले । जिन्दगीका कुनै पनि पल बेहोर्नु नपरेको दृश्यसित त्यस दिन उनी परिचित हुन पुगेका थिए ।

जगन्नाथ आफ्नो उखुबारीभित्र छिर्दै थिए । कताकताबाट कुनै सिनोको गन्ध यति तीव्रतर रूपमा आयो कि, जसले उनको घ्राण शक्तिलाई नै शिथिल र अपाहिज तुल्याउने हैसियत राख्थ्यो । उनले ठाने– कुनै कुकुर, स्याल वा जंगली जन्तुको लास कुहिएको हुनुपर्छ । उनी उखुबारीभित्र जति छिर्दै गए, गन्धको तीव्रताले उनको मन–मस्तिष्कलाई अझ धेरै पिरोल्दैथ्यो । उनको परिकल्पनाभन्दा भिन्न, उनकै अगाडि एउटा मानव शरीर मृत पल्टिरहेको थियो । देख्ने बित्तिकै उनी झस्किए र भयभित रूप तथा मुद्राबीच ठिंग उभिए, केहीबेर ।

‘कसको लास होला ?’ उनीभित्र अनेक कल्पना तंरगित हुन थाल्यो । त्रासदीको घेराबीच आफू उभिएको महसुस गर्दै एकपटक त उनी चिच्याउन पनि खोजे, तर सम्हालिए तत्क्षण नै । वरिपरि हेरे, उखुका लघु–उचाइले युक्त बोटहरूबीच उनी आफ्नो मनोदशा केलाउ“दै उभिरहेका थिए ।
उनी चुपचाप घरतिर फर्किए ।

‘मेरो उखुबारीमा कसैको लास लडिरहेको छ ।’ जगन्नाथभित्र उत्पन्न त्रासको मैजारो अझै भइसकेको थिएन । त्यही त्रासबीच उभिँदै उनले बिजुलाई भने । दिउ“सो नया“ रोडमा झरेका उनले बिजुसामु चौताराभन्दा केही परको एकान्त ठाउ“मा कानेखुसी गर्दै, परिवेशलाई नियाल्दै भनेका थिए ।
‘हो र ?’ बिजु पनि तिल्मिलाए एकछिन ।
‘हो । म आज बिहानै उखुबारीतिर गएको थिए“ । तर, त्यस्तो देख्नुप¥यो । अहिलेसम्म मैले मान्छेको लास त्यसरी झ्वास्स आफ्नै आ“खाअघि देखेको थिइन“ ।’ जगन्नाथले भने ।
‘अनुहार चिन्न सकियो त ?’
‘का“ सक्नु । अनुहार त जमिनमा जोतिएको थियो ।’
‘पल्टाएर हेरेको भए हुन्थ्यो नि !’
‘म त डरले उखुबारी नै बारी बाहिर बाटोमा निस्किएँ । फेरि त्यसरी छुनु पनि हुन्न ।’ जगन्नाथले भने ।
‘अब के गर्ने ?’
‘पुलिसलाई  खबर गर्नुपर्छ ।’ जगन्नाथले भने । त्यसदिनदेखि जगन्नाथ उखुबारीमा जान हिच्किचाउन थालेका थिए । उनलाई एउटै त्रासले अठ्याउँथ्यो– ‘मलाई पनि कसैले...एकान्त ठाउ“मा पारेर ।’
०००
‘आज सासापुर जाने होइन ?’ बिजुले प्रस्ताव राख्दै भने ।
‘किन ?’ जगन्नाथले कान ठाडो पारे ।
‘उखु किसानका समस्याबारे कुराकानी गर्न नेताहरू आउ“दैछन् रे !’
‘को–को आउ“दै रहेछन् ?’

‘आउलान् नि थुप्रै । त्यो बासु पनि आउ“छ रे । अरु पनि आउलान् नि !’
‘उनीहरू आएर के हुन्छ र ? आफ्ना कुरा राख्छन्, जान्छन् । हाम्रो समस्या हामीसितै रहन्छन् । पोहोर साल पनि उनीहरू नआएका हुन् र ? खै के भयो त ?’ जगन्नाथले हात टाउकोमा राख्दै भने– ‘आँखिर, हामीले उखुको उचित दाम पाउन सकेनौँ ।’

जगन्नाथ र बिजु सासापुरतिर गए । थुप्रै मानिस उपस्थित थिए । त्यहीबीच कोही एकजना फलाक्दै थिए– ‘हामी किसानका पक्षपाति हौँ । उखु किसानहरू हरेक वर्ष पिल्सिइरहेका छन् । हामी उखु कृषकले उखुको उचित दाम पाउनुपर्छ भन्ने पक्षमा अहोरात्र खटिरहेका छौँ र अब मिल मालिकहरूले किसानलाई उचित मूल्य दिएनन् भने हामी सडकमा उत्रिन बाध्य हुनेछौ“ ।’
सबैले ताली बजाए । तर, जगन्नाथलाई भने ताली बजाउन त्यति जा“गर लागेन । उनी चुपचाप सुनीमात्र रहे । अरुहरूले भने जोडजोडले ताली बजाइरहेका थिए । उनी भने कान कोट्याइरहेका थिए, एकोहोरो ।
०००
जगन्नाथ आज बेचैन मन बोकेर घर फर्किए । घरको आ“गन त टेके उनले, तर भित्र छिर्ने जा“गर चलिरहेको थिएन । उनी आ“गनछेउमा थुचुक्क बसे ।
‘यसपालि उखु त्यतिकै सुकेर जाने भयो ।’ विस्मित् नजर चारैतिर फैलाउ“दै भने ।
‘किन ?’ स्वास्नीले सोधिन् ।

‘खै ! मिलले उखु उठाउने कुरै गर्दैन । त्यत्रो मेहनत, परिश्रम खेर जालाजस्तो छ यसपालि !’
 ‘किन उखु नउठाउने रे ?’
‘मिल घाटामा छ रे ! कर्मचारीहरूले पनि छ महिनादेखि तलब पाइरहेका छैनन् रे ! त्यही भएर मिल नै बन्द होलाजस्तो छ ।’ जगन्नाथले लामो सुस्केरा हाल्दै भने ।
जगन्नाथ घरभित्र छिरे । घरभित्र छिर्ने बित्तिकै उनले टेलिभिजन खोले र समाचार हेर्न थाले । समाचार हेर्दै थिए उनी, एकोहोरो हेरिरहेका थिए । तर, एउटा समाचारले भने उनको ध्यान राम्ररी नै खिच्यो ।

‘ल, आजको हाम्रो समाचार आयो ।’ उनी धेरै उत्साहित देखिए । समाचारले फलाक्न थाल्यो– ‘सर्लाही, बारा, पर्सा,महोत्तरी जिल्लाका उखु कृषकहरूले आज उखुको बोट बोकेर प्रदर्शन गरेका छन् ।  आफूहरूले उखुको उचित मूल्य नपाएको र मिल मालिकले पनि आफ्नो बारीको उखु उठाउन नचाहेका कारण उनीहरू आन्दोलनमा उत्रिएका छन् । हाम्रा संवाददाता भन्छन्...। अब एकछिन कमर्सियल ब्रेक...। ब्रेकअघि मुख्य समाचार...।’
‘कमर्सियल ब्रेक !’ जगन्नाथले के भनेको हो बुझ्न सकेनन् । पहिला पनि समाचार आउ“दै गर्दा यस्तै भनिन्थ्यो र आज पनि भन्यो । उनले ‘कमर्सियल ब्रेक’ पनि हेर्न छाडेनन् । अरु समयमा पनि हेर्थे उनी ।

‘स्वदेशमै उत्पादित चिनी प्रयोग गरौ“ । हाम्रो कारखानाबाट उत्पादित चिनी गुणस्तरीय र सर्वोत्कृष्ट रहेको छ । तसर्थ, स्वदेशमै उत्पादित चिनी प्रयोग गरौ“ र स्थानीय उत्पादनलाई प्रश्रय दिऔँ...।’

एउटी सुन्दर युवती हातले चियामा चिनी हाल्दै र घोल्दै उक्त विज्ञापनमा खेलेकी थिइन् । विज्ञापनको पृष्ठभूमिमा त्यही चिनी कारखानाको तस्बिर देखाइएको थियो, जुन कारखानाले जगन्नाथलगायत हजारौँ कृषकका उखु किन्न आनाकानी गरिरहेको थियो । र, कुनैकुनै उखु किसानले त पोहोर सालको भुक्तानीसमेत पाएका थिएनन् ।
‘ हे हे...!’ सिद्धहस्त सिकारीले रुखको टुप्पोबाट ढुकुर खसालेर भुइ“मा झरेझैँ जगन्नाथ पुक्लुक्कै भुइ“मा ढल्न पुगे ।

‘ए, ए, के भयो ?’ स्वास्नी आत्तिइन् । छोरा र छोरी पनि आए । उनी पूरै बेहोस् थिए र मुखबाट पातलो फि“ज ओठ भिजाउ“दै बाहिर निस्किरहेको थियो ।
‘अस्पताल लैजानुप¥यो ।’ जगन्नाथलाई हतारहतार अस्पतालतिर दगुराउन थालियो । समयमै अस्पताल पु¥याइएको हु“दा जगन्नाथले नया“ जीवन पाए ।
अचेल जगन्नाथ त्यति धेरै टेलिभिजन हेर्दैनन् । र, न त उनले कमर्सियल ब्रेक नै सुन्नुपर्ने झन्झट बेसाउनुपर्छ ।

प्रकाशित: १ माघ २०७३ ०४:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App