भेडाकाे गिदी
अन्ततः म भेडापालन व्यवसाय सुरु गर्ने निर्णयमा पुगेँ। अरू असंख्य जीव–जीवादिहरूभन्दा भेडापालन व्यवसाय रमाइलै होला भन्ने लाग्यो मलाई।
अन्ततः म भेडापालन व्यवसाय सुरु गर्ने निर्णयमा पुगेँ। अरू असंख्य जीव–जीवादिहरूभन्दा भेडापालन व्यवसाय रमाइलै होला भन्ने लाग्यो मलाई।
झ्यालको निरीह पर्दा टेबुलमाथि एकतमासले टोलाइरहेको चस्मा प्लास्टिकका सौन्दर्य–विमुख कुर्सीहरू दिवङ्गत बुबाको तस्बिरमाथि झुन्डिएको ओइलाइसकेको माला हारमोनियम ढाक्न तम्तयार कपडा...सबैलाई हावाले दिन्छ गहिरो झट्का।
ती युवतीले आफ्नो पीडानुभूति पोख्दै भनिन्, ‘मेरा जति सन्तान जन्मिए, सबै छोरी मात्रै जन्मिइन्। मैले छोरी मात्रै जन्माएकी हुँदा मलाई मेरा पतिले हरेक दिन पिट्छन्। मैले एउटा मात्रै छोरा जन्माएँ भने मलाई मेरा पतिले माया गर्छन् र मेरो यस्तो हालत हुने छैन।’
दुःखद् खबर सुनेँ एकदिन, ‘मदन ढुंगेलले आत्महत्या गरे’ । पत्याइनँ मैले सुरुमा, ‘सपना देख्ने मानिसहरू आत्महत्या गर्दैनन्’ । थिएन उनमा आत्महन्ता चरित्र ।
‘एउटा कालो बिरालोले घरको चारै सुर फन्को मार्यो, तीन–तीन पटक नै । यस्तो सपना मैले अहिलेसम्म देखेकी थिइनँ ।’ कैलीले भयभित नजर बिछ्याउँदै भनिन् । ‘आ, छाड यस्तो सपनाको कुरा । सुत ।’ पति ओछ्यानमा पल्टिए र घुर्न थाले तत्काल नै ।
‘रातभरि राम्ररी सुत्न नै सकिनँ । घुँडाको समस्या फेरि बल्झिएजस्तो छ ।’ बिहानीपख आँखा उघार्नेबित्तिकै वृहत्ले आफ्नो पीडा पत्नीसामु बिसाए ।
‘हजुर तयार भइस्यो त ?’‘हुँदै छु । पख न, एकछिन । केको हतार नि ?’‘छिटो तयार हुनुस्, हजुर । आज पहिलो सोमबार हो । चाँडै मन्दिर जानुपर्छ । ढिलो भयो भने लामो लाइन लाग्छ । फेरि घन्टौँसम्म उभिनुपर्छ । अझ, चिनेजानेका मानिसले देखे भने त ‘ए, तपाईं पनि लाइनमा ?’ भनेर प्रश्न गर्छन्।’
पूर्व–पश्चिम राजमार्गको एउटा सानो बजार हो– नया“ रोड । त्यहीँबाट जानुपर्छ बरहथवा बजार पनि । नया“ रोड आइपुग्न जगन्नाथलाई त्यस्तै सात–आठ मिनेट लाग्छ । हि“डेर होइन, साइकलमा । बाटो अलि उवडखावड नै छ । पोहोर साल अलिअलि माटो हालेर पुरे पनि उस्तै भइसकेको छ अहिले । नया“ रोड, उनीहरूबीच गफको पोयो बाट्ने एकमात्र उपयुक्त थलो हो ।