७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

पर्सि देखि विश्वकप क्रिकेटको १३औँ संस्करण सुरु

पर्सि बिहीबार देखि भारतमा विश्वकप क्रिकेटको १३औँ संस्करण  सुरु हुँदैछ।

भारतका विभिन्न सहरका १० वटा रङ्गशालामा हुने यस प्रतियोगिताको पहिलो खेल पर्सि  साबिक विजेता  इग्ल्याड र  साबिक उपविजेता न्यूजिल्याडविच नेपाली समय अनुसार दिउँसो २: १५ देखि भारतको अहमदाबादमा हुनेछ।  

१० राष्ट्र सहभागी भएको यो खेलमा आयोजक भारतले अक्टोबर ८ मा चेन्नाईमा अस्ट्रेलिया विरुद्ध पहिलो खेल खेल्नेछ। त्यसैगरी पाकिस्तानले नेदरल्याड्ससंग अक्टोबर ६ मा हैदरवादमा पहिलो खेल खेल्नेछ। 

यस प्रतियोगितामा अफगानिस्तान,अस्ट्रेलिया बङ्गलादेश, भारत,इग्ल्याड, नेदरल्याड्स , न्यूजिल्याड ,पाकिस्तान,दक्षिण अफ्रिका र श्रीलङ्का गरी १० टोली सहभागी छन। विश्वकप क्रिकेट सन् १९७५ मा इग्ल्याडबाट सुरु भएको हो। लगातार ३ पटक गरी कुल ५ पटक विश्वकप क्रिकेटको आयोजना गरेको इग्ल्याडले उपाधि भने एक पटक मात्र जित्न सफल भएको छ। विश्वकपको उपाधिले अस्ट्रेलिया सबैभन्दा वढि पाँच पटक जितेको छ। त्यसैगरी वेष्टइण्डीज र भारतले दुई पटक उपाधि जितेका छन। त्यसैगरी पाकिस्तान र श्रीलङ्काले पनि एक एक पटक उपाधि हात पारेका छन ।  

१३ औ  विश्वकप क्रिकेटमा  कुल ४८ वटा खेल खेलाइने छ। सेमिफाइनल नोभेम्बर १५ र १६ मा हुनेछ भने फाइनल खेल नोभेम्बर १९ मा हुनेछ। 

प्रकाशित: १६ आश्विन २०८० ११:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App