२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

भारत र पाकिस्तानबिचको खेलको टिकट मूल्य १३ लाख सम्म

आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत अहिले अमेरिका र वेष्टइण्डिजका विभिन्न सहरमा खेल भई रहेको छ ।

आज राती  ८ः१५ बजे  भारत र पाकिस्तानबिच अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा  खेल हुँदैछ । यी दुई बिचको खेलले विश्व क्रिकेट मै हलचल ल्याउने गर्दछ । यी दुई बिचको खेल हेर्न भारत र पाकिस्तानका सर्मथकहरु अहिले अमेरिकामा छन । दुई देशबिचको खेलको टिकट मूल्य कम्तीमा ३ सय अमेरिकी डलर देखि १० हजार अमेरिकी डलर सम्म रहेको छ । ३४ हजार दर्शक क्षमता रहेको काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा ३ सय दर्शकका लागि १० हजार अमेरिकी अर्थात १३ लाख ४३ हजार ६६५ नेपाली  पर्दछ । कम्तीमा ३०० अमेरिकी डलर अर्थात ४० हजार ३०९ रुपैया नेपाली मूल्य रहेको छ । 

त्यसैगरी १७५० अमेरिकी डलर ,२५०० अमेरिकी डलर र २७५० अमेरिकी डलर मूल्य पर्ने टिकट किनेर समर्थक  न्यूयोक पुगेका छन । टिकटको माग २०० गुणाले  बढी भएको आइसिसीले जनाएको छ ।

भारत र पाकिस्तान  टी–२० विश्वकपमा अहिले सम्म  ७ पटक आमने सामने भएका  छन । ५ पटक भारतले खेल जित्दा पाकिस्तानले १ पटक मात्र जितेको छ । एक चोटी खेल बराबरीमा सकिएको छ । 

जारी प्रतियोगितामा दुवैको यो दोश्रो खेल हो । भारतले पहिलो खेलमा आयरल्यान्डलाई हराएको थियो भने पाकिस्तान पहिलो खेलमा आयोजक अमेरिकासँग सुपर ओभरमा पराजित भएको थियो । 

भारतीय टोली 

रोहित शर्मा (कप्तान)सुर्यकुमार यादव,विराट कोहली,यशस्वी जैसवाल,अक्षर पटेल,हार्दिक पाण्डेय,रविन्द्र जडेजा,शिवम दुबे, ऋषभ पन्त विकेट किपर, सञ्जु सैमसन  (विकेट किपर) ,अर्शदीप सिंह,जसप्रित बुमराह,कुलदीप ,मोहम्मद सिराज र युजवेन्द्र चाहाल । 

पाकिस्तानी टोली 

बाबर आजम (कप्तान)फखर जमान,साइम अयुब,उस्मान खान,इफ्तिखार अहमद,

इमाद वासिम,सादाब खान,आजम खानविकेट किपर,मोहम्मद रिजवान विकेट,.अब्बास अफ्रिदी,अबरार अहमद,हरिस रउफ,मोहम्मद अमिर,नसिम शाह र शाहिन अफ्रिदी ।  .

प्रकाशित: २७ जेष्ठ २०८१ १९:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App