८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

नक्कली समाजवाद

कम्युनिस्ट पार्टीभित्र कुलक्षणका बाछिटा देखा पर्न लागेको छ। यहाँ बाछिटा शब्द जानी जानी लेखिएको हो। किनभने बाछिटा धेरै समय पर्दैन तर यो वर्षाद होइन। वर्षादको अनियमित उत्तेजना हो, उल्का हो, वर्षादको अनियमितता पनि हो। नियमित वर्षा भद्र हुन्छ। तर बाछिटा झ्यालबाट कोठाभित्र जबर्जस्ती पस्छ र ओछ्यानसम्मै पनि भिजाउँछ। हो,यस्तै नेकपाको बाछिटा बैठक अघिल्लो हप्ता काठमाडौँकोगौशालास्थित मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा पसेको थियो।

यो बैठकमा प्रधानमन्त्री ओली पक्षधर मात्रै थिए रे। यस्ता बैठक कहिले सुधारात्मक हुन्छन् भने कहिले पार्टी विभाजनको रेखा कोर्न हुन्छन्। समष्टिमा यो पक्षधर राम्रो होइन। नेकपा माओवादी सिंगो रहेको बेला पाटनको धोबिघाटमा एउटा यस्तै बैठक बसेको थियो। त्यो बैठकले क. प्रचण्डलाई तोवा तोवा खेलायो। अनि निकै पछि एमाले–माओवादी केन्द्र एक भएपछि पार्टी नेता वामदेवको भैँसेपाटी घरमा यस्तै बैठक बस्यो। त्यसले क. वामदेवलाई शक्तिशाली बनायो। अलि अघि नेकपा सचिवालयका ९ सदस्यमध्ये ६ सदस्यको यस्तै बैठक बस्यो जसले प्रधानमन्त्री ओलीलाई कमजोर पा¥यो र परिणाममा अग्निप्रसाद सापकोटा सभामुख भए।

अहिले प्रधानमन्त्री केपीशर्मा ओली आक्रामक स्थितिमा होइन, नितान्त रक्षात्मक पोजिसनमा हुनुहुन्छ। राजनीतिका चतुर खेलाडी आफू र आफ्नाका लागि के के गर्छन् के के ? सुशील कोइराला सरकार अपदस्थ भएपछि नयाँ संविधानअनुसार २०७६ असोजमा प्रमुख सहयोगी माओवादीसहित तर नेपाली कांग्रेसबाहेक सेमी सर्वदलीय सरकार बनाए प्रधानमन्त्री केपी शर्मा ओलीले। तर पुष्पकमल दाहालले आफू फेरि प्रधानमन्त्री हुने हतार देखाए र कांग्रेस सभापति शेरबहादुर देउवाको शरण परे। देउवाले पत्यार गरेनन्। देउवालाई पत्यार पार्न आफ्नो पार्टीकाधेरै जना मन्त्री भएको ओली सरकारविरुद्ध अविश्वास प्रस्ताव राखे। ओलीले राजीनामा गरे। २०७३ साउनमा पुष्पकमल दाहाल नेपाली कांग्रेससहित धेरै पार्टी (एमालेबाहेक) को मन्त्रिमण्डल बनाए। धेरै पार्टीको सरकार बनाए। देउवालाई फेरि प्रधानमन्त्री बन्न हतार भो। २०७४ जेठमा एमालेबाहेक धेरै पार्टीको सरकार बनाए जुन मन्त्रिमण्डलमा ६४ जना सदस्य थिए। यो यही बाछिटा बैठकका परिणाम थियो।

आजको सत्तारोही नेकपाको समाजवाद एमसिसीसँगको सहयात्रामा जान उद्यत जस्तो देखा पर्दैछ। कस्तो होला एमसिसीभित्र प्रवेश गरेको समाजवाद ?

फाल्तु गफमात्र भो होला त ?
सो बैठकमा सरकार र पार्टीको काम कसरी प्रभावकारी बनाउने ? भन्ने विषयमा छलफल भएको कुरा एकजना सहभागी नेताले भनेछन्। उनीहरूले जति नै होइन भन्ने दाबी गरे पनि पार्टी केन्द्रीय कमिटीको बैठकमा आफूहरूको स्थिति अलि रक्षात्मक नै रहेको भन्ने सकारेका छन्। भेटघाटको उद्देश्य नराम्रो थिएन तर यस्ता विगतमा भएका बैठकका प्रतिफल सकारात्मक मात्र नभएर नकारात्मक पनि भए। यो प्रसंगमा छलफल गर्न लागिएको हो। फेरि यो प्रधानमन्त्री ओलीकै चाहनाअनुसार भएको हो रे। आशय राम्रो होला, यसमा शंका नगरौँ। तर तपाईँहरूको हिजोका काम कुरा हेर्दा सुन्दर पक्ष मात्र छैनन् कुरूप पक्ष धेरै छन्। त्यसैले यस्ता काम नगर्दा हुन्थ्यो कि भन्ने जिकिर हो।

सरकारका नियमित काम एमसिसी, यती होल्डिङसँगको साइनोलगायत विषयमा सरकारर प्रधानमन्त्री ओलीलाईअनावश्यक घेराबन्दीमा पारिएको भन्ने त्यस भेलाका प्रमुख एजेन्डा थिए रे। जतिसुकै कुराकानी विमर्श गरेपनि सारमा पार्टी र सरकारमा कसरी प्रभावकारी उपस्थिति जनाउने भन्ने विषयमा केन्द्रित थियो भनी एकजना सहभागी नेताले खुलाए। प्रधानमन्त्री ओलीको गुनासो सरकारका राम्रा कामको प्रचारमा कमी भएको र पार्टीमा भन्ने कुरा बाहिर चुहियो।

सहभागीमध्ये प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले सो भेटघाट कुनै रणनीतिक छलफलका निम्ति आयोजित थिएन भनेर महत्व देखाउन खोजे। सो छलफल पच्चीसौँ वर्षदेखि सँगै काम गरेका साथीहरूबीच अनौपचारिक भेटघाट र सँगै चिया कफी खाएको मात्र हो भनी हलुका पाराले टारे। छलफलको औचित्य पुष्टि गर्न ती साथीमध्ये अहिले कोही मन्त्री छन् भने कोही मन्त्रीका सल्लाहकार छन् भन्ने रमाइलो कुरा पनि सुनाए। प्रधानमन्त्रीका परराष्ट्र मामला सल्लाहकारले जतिनै सामान्य भेटघाट हो चिया कफी भेट हो भने पनि अपराह्न ४ बजेबाट बेलुकी साढे ८ बजेसम्म फाल्तु गफमात्रै भो होला त ?

एमसिसीको अर्को रूप होला
जति नै नाइँ नाइँ गरे पनि त्यही दिन अपराह्न ४ बजेलाई बोलाइएको मन्त्रिपरिषद् बैठक तीन घण्टा अघि सारेर टाकटुक गरी प्रहरी महानिरीक्षकको नियुक्ति एजेन्डा भोलिपल्टलाई सारेर मन्त्रिपरिषद् बैठक हतार हतारमा सकी उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोख्रेल, कानुन, न्याय तथा संघीय व्यवस्थापन मन्त्री भानुभक्त ढकाल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङलगायत नेताहरू हस्याङफस्याङ गर्दै गौशालास्थित मदन भण्डारी फाउन्डेसन पुगी त्यति लामो समय मन्त्रणा गर्नुले त्यसको ओज खस्याकखुसुक पक्कै हुँदैन।

राज्यका सीमित स्रोत र साधन भकाभक खास खास परिवार र उनीहरूका परिवारलाई लिजको आवरणमा सुम्पिएर समाजवाद आउने कुन दर्शन हो ?

त्यो बैठकमा ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेकपा प्रचार विभाग इन्चार्ज तथा केन्द्रीय सदस्य राजेन्द्र गौतमलगायत १०–१२ जना हस्ती पूर्वएमालेहरूको त्यो भेलाको गर्भमा के के छ भन्न सरल छैन। त्यो फाउन्डेसन यसअघि प्रचारमा आएको पनि थिएन। त्यो भेलाको सूत्र भन्छ– एकदम गोप्य ठाउँ खोज्दा÷खोज्दा त्यो फेला परेको रे। राजेन्द्र गौतमले पनि सो भेला सामान्य अनौपचारिक भेटघाट मात्र हो भन्दै बैठकै बसेर भव्य निर्णय गर्नु पनि कुनै मुद्दा थिएन भनेबाट पनि अझ अरु रहस्य लुकेको छ भन्ने शंका गर्ने ठाउँ बनाएको छ। नेकपा केन्द्रीय समिति बैठकमा मरिसकेका नेताहरूका नाममा खोलिएका प्रतिष्ठान, फाउन्डेसन तथा संस्थाहरू गुट÷उपगुट खडा गर्ने अखडा बनेकाले त्यस्ता संस्था अविलम्ब बन्द गर्नुपर्ने माग पनि चर्कैरूपमा गरिएको थियो।

यता केन्द्रीय समितिको बैठक सात दिनभित्र ओली पक्षधर बहुल रहेको भण्डारी फाउन्डेसनमा ओली निकट नेताहरू भेला भई कति लामो मन्त्रणा गर्नुको पछाडि केही छ पक्कै पनि। नेताहरूको औपचारिक भनाइ एउटा हुने गर्छ तर वास्तविकता त्यसको विपरीत हुने गर्छ यद्यपि ओली र दाहालले केन्द्रीय कमिटीको बैठकलगत्तै अब पार्टीमा गुट÷उपगुट, समूह, पूर्वसमूह केही पनि नरहेको नबताएका होइनन्। तर दाहाल नेतृत्वको भैँसे पाटी भेलाले आफ्नो समूहलाई झट्का नै लागेको महसुस गरे प्रधानमन्त्री ओलीले र सुवास नेम्वाङलाई सभामुख बनाउने अडान छाड्नैपर्ने स्थिति बेहोर्नुप¥यो। यस्तो बाध्यकारी संकट फेरि फेरि नदोहोरियोस् भनी प्रधानमन्त्रीको निर्देशनमा गौशाला प्रयास प्रारम्भ भएको होला। नेपालको राजनीतिक त्यो भेला राजनीतिक एमसिसी नै हो भने यस्ता भेला दुरुत्साहित हुनुपर्छ।

एमसिसी अग्निपरीक्षा
नेकपाको एउटा बलियो पक्ष एमसिसी अहिलेकै अवस्थामा नेपालले स्वीकार्नु हुँदैन भन्नेमा छ। तर एमसिसीकै सन्दर्भमा नेपाल आएका एमसिसी सहायक उपाध्यक्ष जोनाथन बु्रक्सरेले स्पष्ट भने– संशोधन मान्य हुन्न। कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको एमसिसीमा संशोधन अब मान्य नहुने भनाइ स्पष्टरूपमा सार्वजनिक गरेर नेकपाको तीन सदस्यीय संयत्रको प्रयासलाई तिरस्कार गरेकोछ। संशोधनको छायामा पारेर एमसिसी भित्र्याउने सरकारको प्रयासलाई पनि संशोधन मान्य हुन्न भन्ने स्पष्ट जवाफ नेपालका लागि निकै महँगो परेको छ।

अमेरिकी सरकारले एमसिसीबारे प्रारम्भदेखि नै नढाँटी भन्ने गरेको थियो– यो मुद्दामा इन्डोप्यासिफिक स्ट्रेटेजीसँगको अन्तर्य भने गोलमालखालको छ। सो रणनीति चीनलाई घेर्ने अमेरिकी विश्व नीतिअन्तर्गतको परियोजना हो। पुष्पकमल दाहाल पार्टीको राजनीतिक प्रतिवेदनमा आफैँले पेश गरेको ‘चीनलाई घेर्ने’ भन्ने वाक्यांश फिर्ता लिएर अमेरिकालाई खुसी पार्न खोज्नु भो तर अमेरिका यस्ता खुद्रा कुराबाट प्रसन्न हुने प्रकृतिको होइन। यति कुरा प्रचण्डले बुझे जस्तो लाग्दैन। अब वर्तमान सरकार, नेपाल कम्युनिस्ट पार्टी, त्यो पार्टीका यावत नेता र कार्यकर्ताको अग्निपरीक्षाको रूप लिएर उभिएको छ एमसिसी। संयुक्त राज्य अमेरिकी सरकारलाई स्पष्टसँग गैरकूटनीतिक भाषामा नै भनिदिनुप¥यो– नेपाली जनताले ससर्त यो सहयोग स्वीकार गर्न असमर्थता प्रकट गरे।

यसलाई अन्यथा अर्थमा लिनुभएन भनी स्पष्ट भन्नुप-यो ताकि अमेरिकी अरु सहयोगका ढोका बन्द नहोस्। यसो हेर्दा ५० करोड डलर ठूलै रकम देखिन्छ। तर आजको मुद्रा बजारमा ५० करोड डलर भनेको वस्तुतः त्यस्तो तीव्र आकर्षणको राशि होइन। त्यो पनि बहुवर्षे–५ वर्षे सहयोग। नेपालको सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक र विकासका आफ्नै प्रक्षेपण छन्। दुर्लभ एवं अमूल्य सम्पदा। पाषाण कला, मूर्तिकला, वास्तुकला, थाङकाकला, मृत्रिकाकला नेपालको विशेषता हो। यी कलाको संरक्षण नै आज हाम्रा लागि धौ धौ परेकोछ। संयुक्त राज्य अमेरिकासँग आग्रह छ– मानव सभ्यता अद्वितीय सम्पदमहरूको संरक्षणमा निसर्त सहयोग नेपालका निम्ति सर्वोत्तम सहयोग हुनेछ। त्यस्ता संम्पदाहरूको संरक्षणमा बरु सहयोग होस् न।

यो ढाँचाबाट समाजवाद ?
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले समाजवादको आधार तयार पार्न निर्देश गरेको छ। पार्टीको राजनीतिक प्रतिवेदनको धेरै ठाँउमा समाजवादको आधार तयार गर्ने तत्कालीन र दीर्घकालीन योजना अघि सारिएको छ। ‘समाजवाद’ कति सरल शब्द छ तर त्यो सरल शब्दभित्र जटिल तथा कठिन काम अन्तर्निहित छ। समतामूलक, न्यायपूर्ण समाज रचनाको परिकल्पना छ। तर समाजवादको आधार तयार किन हुन सकेन त ?प्रश्न यथावत छ। त्यो आधार तयार नहुनुमा पुरानो सामन्तवाद तथा बाह्य शक्तिलाई दोष लगाउने गरिन्छ। आफूभित्रका कमी÷कमजोरीलाई कतै पनि उल्लेख गरिन्न किन ?

सत्ता र शक्तिको चरम दुरुपयोग गरी सम्पत्ति बटुल्ने जुन होड चलेको छ त्यसले त समाजवादको खिल्ली पो त उडाएकोछ। नेकपा कुन वर्गको पार्टी हो ? आज नेकपा जे÷जस्तो अभ्यास गरिरहेकोछ त्यो हेर्दा समाजवादको उल्टो बाटो हिँडिरहेको जस्तो लाग्छ। खै यो टिप्पणी मुटु नभएको टिप्पणी पो भो कि ? नेकपालाई थाहा छैन होला। दलाल पुँजीपतिहरू र बिचौलियाहरू तयार भइरहेका छन्। लोकतान्त्रिक प्रतिस्पर्धी आत्मसात गरेको भन्ने नेकपाले आफ्ना नेता र कार्यकर्ता पूरै निजी स्वार्थमा लिप्त भएको अवस्था छ भन्ने बोध छ किन छैन पार्टीलाई ? एमसिसी भित्र्याउने पक्षमा आकाश÷पाताल जोड्दो छ आजको नेकपा ! कताको समाजवाद कताको एमसिसी ?

आजको सत्तारोही नेकपाको समाजवाद एमसिसीसँगको सहयात्रामा जान उद्यत जस्तो देखा पर्दैछ। कस्तो होला एमसिसीभित्र प्रवेश गरेको समाजवाद ? नाम नेपाल कम्युनिस्ट पार्टी, काम एमसिसीभित्र प्रवेश गर्ने। राज्यका सीमित स्रोत र साधन भकाभक खास खास परिवार र उनीहरूका परिवारलाई लिजको आवरणमा सुम्पिएर समाजवाद आउने कुन दर्शन हो ? आज जसरी सत्ता र शक्तिको आडमा राज्यको स्रोत र साधनउपर केही सीमित परिवारको स्वामित्व स्थापित भइरहेको छ त्यो समाजवादप्रति तीखो व्यङ्ग्य भएको छ। नेतृत्वमा बसेका काम्रेडहरू समाजवाद स्थापना गर्ने हो भने क्रियाकलाप तद्नुरूप हुनुप-यो। यो ढाँचाले हुँदैन।

प्रकाशित: ४ फाल्गुन २०७६ ०३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App