२८ चैत्र २०८१ बिहीबार
image/svg+xml ९:५४ पूर्वाह्न
समाज

काठमाडौं महानगरले भन्यो: कुकुर-बिरालो दर्ता गर्नु

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पालिने कुकुर र बिरालोलाई माइक्रोचिप लगाएर सम्बन्धित वडा कार्यालयमा दर्ता गर्न सबैलाई अनुरोध गरेको छ।

महानगर क्षेत्रमा कुकुर र बिरालो चोरी हुने, हराउने र छाडा छोडिने जनगुनासो बढेपछि यो व्यवस्था लागू गरिएको हो।

महानगरले जारी गरेको सूचनाअनुसार कुकुर र बिरालो बिक्री–वितरण गर्ने व्यक्ति वा संस्थाले पनि अनिवार्य रूपमा माइक्रोचिप लगाएर मात्र बिक्री गर्नुपर्नेछ। यो नियम महानगर क्षेत्रभित्र र बाहिरबाट आउने दुवै अवस्थामा लागू हुने जनाइएको छ।

प्रकाशित: २३ चैत्र २०८१ १८:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App