१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

साँगामा पहिरो, अरनिको राजमार्गको भक्तपुर खण्ड बन्द

अरनिको राजमार्ग अन्तर्गत भक्तपुर खण्डमा सवारीसाधन आवतजावत ठप्प भएको छ। बिहीबार बिहानैदेखि राजमार्ग खण्ड अन्तर्गत महानगरीय प्रहरी बृत जगातीले जगातीबाट माथि सवारीसाधन पठाउन रोकेको हो।  

प्रहरीका अनुसार राजमार्ग खण्ड अन्तर्गत साँगामा पहिरो गएको छ। पहिरोका कारण आवतजावत अवरुद्ध छ। यही कारण गाडीहरूलाई जगातीमै रोकेको छ। पहिरोले मोटरसाइकलसम्म पनि पास नभएको जनाइएको छ। यस कारण साँगाबाट माथि बनेपा जाने मोटरसाइकलसम्मलाई पनि प्रहरीले रोकेको छ।

विहान ७ बजेदेखि गाडी प्रहरीले उता पठाएको छैन।

प्रकाशित: २८ चैत्र २०८१ ०८:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App