११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

ऊँकार एकता महाअभियानको धार्मिक जनप्रदर्शनमा राजसंस्था पुनःस्थापना जनआन्दोलन समितिको समर्थन

विश्व ऊँकार एकता महाअभियानले आज (बिहीबार) काठमाडौंमा गर्ने शान्तिपूर्ण धार्मिक जनप्रदर्शनमा राजसंस्था पुनःस्थापना जनआन्दोलन समितिले समर्थन जनाएको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै समितिले आजको उक्त जनप्रदर्शनमा समर्थन गरेको जनाएको हो। महाअभियानले सनातन हिन्दुसहितको सामाजिक सद्‍भाव एवं राष्ट्रिय एकताको लागि भन्दै विभिन्न हिन्दुवादी संघसंस्थाहरूको अगुवाइमा शान्तिपूर्ण धार्मिक जनप्रदर्शन गर्न लागेको छ। उक्त प्रदर्शनलाई आफूहरूले समर्थन जनाएको समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले जानकारी दिए।

ऊँकार परिवारका धार्मिक संघसंस्थाहरूको सहभागितामा हुँदै छ। जनप्रदर्शन पशुपति गौशालादेखि पुरानो बानेश्वर, मैतिदेवी हुँदै रत्नपार्कको शान्ति बाटिकामा समापन हुने कार्यक्रम रहेको छ।

प्रकाशित: २८ चैत्र २०८१ ०९:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App