आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत बिहान १० बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ।
बैठकमा चालु आ. व. ०८१/०८२ को बजेटको खर्चको स्थिति र अगामी आ. व. ०८२/०८३ को बजेटको तयारी सम्बन्धमा छलफल हुनेछ। त्यस्तै बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि दफावार छलफल हुनेछ।
त्यस्तै बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ।
प्रकाशित: २८ चैत्र २०८१ ०९:१८ बिहीबार





