२८ चैत्र २०८१ बिहीबार
image/svg+xml २१:५ अपराह्न
राजनीति

हामीलाई कालकोठरीमा थुन्न खोजे कल्पवृक्षको बीउ बन्छौं: विराजभक्त श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विराजभक्त श्रेष्ठले चितवनको ‘जनयात्रा’ कार्यक्रममा कांग्रेस र एमालेमाथि कडा प्रहार गर्दै दुई दलीय तन्त्र लादेर नयाँ र साना दललाई दबाउन खोजिएको आरोप लगाएका छन्।

शनिबार सम्बोधनका क्रममा उनले वर्तमान राजनीतिक र आर्थिक परिस्थिति संकटग्रस्त रहेको बताए। “अहिलेको राजनीति राम्रो छैन। हामीलाई कालकोठरीमा थुन्न खोजे पनि हामी कल्पवृक्षको बीउ बनेर फर्कन्छौँ, यो कसैले बिर्सनुहुँदैन। हामी फैलिन्छौँ,” उनले दृढतापूर्वक भने।

कांग्रेस र एमालेले जनतालाई भ्रममा राखेको आरोप लगाउँदै उनले थपे, “देशमा दुई तन्त्र मात्र बाँकी छन्– लोकतन्त्र र लुटतन्त्र। जनता जागिसके, समयले कसको पक्ष लिन्छ, देखिनेछ। हामीलाई कालकोठरीमा राख्न खोज्छन्, तर फलाम तताएर पिटेपछि हतियार बन्छ, हामी पनि त्यस्तै बन्छौँ।”

श्रेष्ठले देशको आर्थिक अवस्था सङ्कटमा रहेको जिकिर गर्दै ठूला दलको नीतिले परिस्थिति बिग्रिएको संकेत गरे।

प्रकाशित: २३ चैत्र २०८१ २०:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App