१२ पुस २०८२ शनिबार
image/svg+xml
समाज

वडाध्यक्षलाई कार्यवाहक दिने ग्रामथानका अध्यक्षको निर्णय कार्यान्वयन नगर्न आदेश

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी सुम्पिएको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ।

उच्च अदालतका न्यायाधीश ध्रुवराज नन्दको इजलासले बिहीबार ‘यथास्थितिमा राख्न’ आदेश जारी गर्दै मुद्दामा कारण देखाऊ आदेश समेत दिएको हो। अदालतले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न स्पष्ट आदेश दिएको छ।

ग्रामथान गाउँपालिकाकी उपाध्यक्ष गुणावतीदेवी थारुले अध्यक्ष माझी चीन भ्रमणमा जानुअघि आफू कार्यालयमै उपस्थित रहँदा पनि वडाध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहकको जिम्मेवारी दिइएको भन्दै असन्तुष्टि जनाएकी थिइन्। उनले सो निर्णय कार्यान्वयन नगराउन माग गर्दै बुधबार अदालतमा रिट निवेदन दायर गरेकी थिइन्।

निवेदकको मागअनुसार, अदालतले ग्रामथान–३ का वडा अध्यक्ष भगतलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णयलाई अस्थायी रूपमा रोक लगाएको हो।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार गाउँपालिका अध्यक्ष अनुपस्थित हुँदा कार्यवाहकको जिम्मेवारी उपाध्यक्षलाई दिनुपर्ने प्रावधान छ।

तर, अध्यक्ष माझीले नौ दिने चीन भ्रमणका लागि प्रस्थान गर्नुअघि उक्त जिम्मेवारी उपाध्यक्षलाई नदिई वडा अध्यक्षलाई दिएको विषयलाई लिएर विवाद उत्पन्न भएको हो।

प्रकाशित: २८ चैत्र २०८१ १९:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App