उत्तरी म्यासेडोनियाको एक नाइट क्लबमा लागेको आगलागीमा परेर कम्तीमा ५१ जनाको मृत्यु भएको छ। अन्य एक सयभन्दा बढी घाइते भएका छन्।
आन्तरिक मन्त्रालयका अनुसार, आगलागी स्थानीय समयअनुसार पल्स क्लबमा आइतबार बिहान सुरु भएको थियो। राजधानी स्कोप्जेबाट करिब १०० किलोमिटर पूर्वमा रहेको उक्त क्लबलाई आगोले पूरै ढाकेको थियो।
आगलानी नियन्त्रकलाई आगो नियन्त्रणमा लिन घण्टौं समय लागेकाले ठूलो हताहती भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

एडीएन ब्यान्डका हिपहप जोडीको लाइभ प्रस्तुति हेर्न उक्त क्लबमा करिब १ हजार ५ सय जना रहेको अनुमान छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार आगलागीको कारण स्टेजमा प्रयोग गरिएको आतिशबाजी उपकरण हुनसक्ने आशंका गरिएको छ।
सामाजिक सञ्जालहरुमा सार्वजनिक भएका भिडियोहरुमा स्टेजबाट निस्किएको झिल्का छतमा समातेपछि आगो तीव्र गतिमा फैलिएको देखिन्छ।
प्रकाशित: ३ चैत्र २०८१ १५:३३ आइतबार