२४ चैत्र २०८१ आइतबार
image/svg+xml ४:१९ पूर्वाह्न
अन्तर्राष्ट्रिय

चीनमा विवाहको सङ्ख्यामा २० प्रतिशतले कमी

चीनमा हुने विवाहमा २० प्रतिशतले गिरावट आएको छ । जनसाङ्ख्यिकीय चुनौतीको पछिल्लो सङ्केतलाई पछ्याउँदै सन् २०२४ मा चीनमा विवाहमा २० प्रतिशतको गिरावट देखिएको सरकारी तथ्याङ्कले देखाएको हो । बेइजिङले युवा परिवारहरूको लागि अनिश्चित आर्थिक दृष्टिकोणसहित जन्मदर वृद्धिलाई प्रोत्साहित गर्न काम गरिरहेको छ ।

सन् २०२४ मा ६१ लाख दम्पतीले विवाहका लागि दर्ता गराएका थिए । उक्त संख्या सन् २०२३ को तुलनामा ७७ लाखले कम हो ।

सन् २०२३ मा विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देशको रूपमा रहेको चीनलाई भारतले उछिनेको थियो । सन् २०२३ मा चीनको कुल जनसङ्ख्या लगातार तेस्रो वर्ष २०.५ प्रतिशतले घटेको थियो ।

हालैका वर्षहरूमा बेइजिङले सुरु गरेको परिवारसमर्थक अभियानको बावजुद विवाहमा गिरावट आएको हो । अभियानमा विभिन्न अनुदानहरू र सन्देशमार्फत् मानिसहरूलाई धेरै (दुई वा सो भन्दा बढी) बच्चा जन्माउन प्रोत्साहित गर्दछ।

सन् १९८० को दशकमा जनसङ्ख्या वृद्धिद् उच्च बनेपछि बेइजिङले ‘एक सन्तान नीति’ लागू गरेको थियो। यो नियम सन् २०१६ मा मात्र अन्त्य भएको हो ।

दम्पतीलाई सन् २०२१ मा तीन सन्तान जन्माउन अनुमति दिइएको थियो तर चीनको जनसाङ्ख्यिकीय परिवर्तनको सङ्केत देखिन थालिसकेको थियो ।

प्रकाशित: २८ माघ २०८१ १६:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App