१६ असार २०८३ मंगलबार
image/svg+xml

चुनाव आउन ९ दिन बाँकी: कस-कसलाई लाग्छ आचारसंहिता?

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लाग्ने व्यक्ति, समूह संस्थाका बारेमा पुनःस्मरण गराएको छ। पछिल्ला दिनमा आचारसंहिता उल्लंघनका घटना सार्वजनिक भएका र उजुरीसमेत उल्लेख्य रूपमा परेपछि आयोगले सचेत गराएको हो। प्रतिनिधिसभा सदस्यको निर्वाचन यही फागुन २१ गते हुँदैछ।

सुदूरपश्चिमका मतदाताको गुनासो : चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्

'चुनावका बेला आकर्षक नारा दिएर जनतालाई फकाउँछन्, चुनाव जितेपछि वाचा बिर्सन्छन्, यसपालि समस्या समाधान गर्नसक्ने उम्मेदवारलाई मत दिन्छु', कैलाली निर्वाचन क्षेत्र–५ का मतदाता जागुराम चौधरीले आसन्न चुनावका बारेमा प्रतिक्रिया दिँदै भने, 'खेतीको समयमा मल पाइँदैन, उत्पादित कृषिउपजको उचित मूल्य पाइँदैन, जोसुकैले चुनाव जिते पनि हाम्रो पीडा बुझिदिने कोही छैन।'

प्रतिनिधिसभा निर्वाचन: घरदैलोमा व्यस्त ८३ वर्षीय उम्मेदवार हिरण्यप्रसाद

मेचीनगर–१ गाडागल्ली निवासी भट्टराई यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाल किसान मजदुर पार्टीको उम्मेदवार छन्।

मुगुमा विरासत जोगाउन र भत्काउन प्रतिस्पर्धा

यही महिनाको २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मुगु जिल्लामा बिरासत जोगाउन र भत्काउन त्रिपक्षीय उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

पारिवारिक राजनीतिमै अलमलिए महन्थ

जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक महन्थ ठाकुर महोत्तरी–३ भन्दा बाहिर जान सकेका छैनन्।

जसले यस पटक मत प्रभावित पार्ने छन्

प्रतिनिधिसभा सदस्य निर्वाचन संघारमा आइपुगेको छ। २०७९ मंसिरमा पाँच वर्षका लागि जिताएर पठाएका दल र नेता तीन वर्षमै फेरि मत माग्न घरदैलोमा पुगेका छन्।

बरफ काटेर निर्वाचनको बाटो खुलाइयो

हिमाली जिल्ला मनाङको सबैभन्दा दुर्गम क्षेत्र नार्पा भूमि गाउँपालिकाको नार र फू सम्मको पहुँचमार्ग तत्कालका लागि खुलाइएको छ। सुरक्षाकर्मीको टोलीले पाँचदिन लगाएर बाटोमा जमेको बरफ काटेर पदमार्ग खुलाएको हो। पदमार्ग खुलेसँगै मतदाता घर फर्किन थालेको स्थानीयले बताएका छन्।

तीस वर्षदेखि प्रतिस्पर्धामा यादव र महतो, मतदातालाई भने सुक्दै गएको पानीको चिन्ता

मधेशको राजनीतिमा ३० वर्ष बिताइसकेका महेन्द्र यादव र राजेन्द्र महतो सर्लाहीको क्षेत्र नं-२ का प्रतिस्पर्धी छन्। उनीहरुको प्रतिस्पर्धाले सुख्खा क्षेत्र मानिएको सर्लाही-२ गर्माएको छ।

बाँकेमा पुरानालाई नयाँको टक्कर

बाँकेका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा यसपटकको चुनावी माहोल अघिल्ला चुनावभन्दा फरक देखिन्छ।

‘स्थापित पार्टीबाहेक जनताले अरूलाई पाखा लगाइदिन्छन्’

विकासका चाहना, सत्तामा हुँदा हामीले पूरा गर्नुपर्ने हो र प्रतिपक्षमा बस्दा आवाज उठाउने हो।

स्विङ भोट: नयाँलाई आश, पुरानालाई त्रास

कुनै दल र संगठनप्रति प्रतिबद्ध नहुने भिड र समयको लहरमा आकर्षित हुने यो मतलाई आफ्नो पक्षमा पार्न सके सहज जित निकाल्न सकिने बुझाइमा नयाँ र पुराना दल छन्।

चुनावी परीक्षामा गगन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा यतिबेला सर्लाही–४ मा घरदैलो अभियानमा छन्।

निर्वाचनको मुखमा गौर अशान्त : दुई समुदायबिच झडपपछि ‘हाइ अलर्ट’मा मधेस

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत केही नेताले चुनावको वातावरण बनिनसकेको बताउँदै आएका बेला रौतहटको गौर बजार तीन दिनदेखि अशान्त बनेको छ।

चुनावी वाचामै सीमित कर्णाली प्राविधिक शिक्षालय

फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारहरूले कर्णाली प्राविधिक शिक्षालयलाई विश्वविद्यालय बनाउने आश्वासन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्