ताप्लेजुङमा २ वर्षीया बालिकामा समेत देखियो कोरोना संक्रमण
ताप्लेजुङमा २ वर्षीया बालिकामा समेत कोरोना संक्रमण देखिएको छ। ज्वरो र रुघाखोकी सहितको लक्षणका कारण सोमबार परीक्षणका लागि ताप्लेजुङ अस्पताल ल्याइएकी बालिकामा कोरोना संक्रमण देखिएको हो।
ताप्लेजुङमा २ वर्षीया बालिकामा समेत कोरोना संक्रमण देखिएको छ। ज्वरो र रुघाखोकी सहितको लक्षणका कारण सोमबार परीक्षणका लागि ताप्लेजुङ अस्पताल ल्याइएकी बालिकामा कोरोना संक्रमण देखिएको हो।
कार्यालयका अनुसार सन् २००९ देखि नेपालका विभिन्न भूभागमा समस्या देखिँदै आएको छ। विशेषगरी बच्चादेखि वृद्धसम्म यो समस्या देखिने गरेको छ। फ्लुको जोखिममा बालबालिका, गर्भवती र वृद्धवृद्धा बढी पर्ने गरेको कार्यालयका प्रमुख दीपक तिवारीले बताए। उनकाअनुसार सिजनल फ्लुमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने, रुघाखोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, खाना नरुच्ने, वाकवाकी लाग्ने वा बान्ता हुने, बच्चाहरुलाई झाडासमेत हुने जस्ता समस्या देखिने गर्दछन्।
जोखिमलाई तत्काल न्यूनीकरण र उपचार सेवालाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेशका १३ जिल्ला अस्पतालमध्ये ८ वटाको अस्पताल परिसरमा वृहत अक्सिजन प्लान्ट जडान गर्ने कार्य अघि बढाइएको छ।
कोटा प्रणालीका कारण भिडियो एक्सरे गर्ने पालो नआएको भन्दै उपचारका लागि कोसी अस्पताल आएका सेवाग्राही आन्दोलित बनेका हुन्।
महामारी नियन्त्रण, रोकथाम, उपचार र शव व्यवस्थापनमा सहयोग गर्दै आएका नेपाली कांग्रेस निकटका तरुणदल, महिला संघ, नेविसंघलगायतका भ्रातृसंस्थाका स्वयंसेवकलाई स्वास्थ्य सामाग्री बितरण गरिएको हो।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित स्वास्थ्यचौकीको नयाँ भवन निर्माण गरिएको छ।नगरपालिकाको ३८ लाख बजेटमा स्वास्थ्यचौकीको तीन कोठे पक्की भवन निर्माण गरिएको हो।
१ हजार ५ सय ४९ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ११ र १ हजार १ सय ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ६२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
दुई सय संक्रमित पुग्दा सरकारी कार्यालयको सेवा, यातायात, बजार, बैंक विद्यालय सबै बन्द गरेको डिसिसिएमसी गोरखाले अहिले निषेधाज्ञा कायम छ भने सबै खुल्ला गर्दा समुदायमा संक्रमण फैलिँदो छ।
जीवनमा गर्ने हरेक काममा अध्यात्मलाई जोड्दा सो व्यक्ति स्वयम्मा रुपान्तरण भई उसको जीवनशैली, व्यवसायिक जीवनमा उत्पादनशीलता र प्रभावकारिता बढेर समाज र राष्ट्रमा नै एक सकारात्मक सन्देश प्रवाह हुनसक्छ भन्ने उद्देश्य लिएर यो अभियान थालनी गरिएको हो।
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपिए)ले नेपाललाई थप जीवनरक्षक सामग्री प्रदान गरेको छ।
गत २४ घन्टामा नेपालमा ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै गत २४ घन्टामा सोको संख्यामा नयाँ संक्रमित थपिएको जनाएको हो।
नेपालमा कतिपय शिशु जन्मिने बित्तिकै आमाको दूध (स्तनपान) खुवाउन नसकिने अवस्थाका शिशुहरुको हकमा कुनै कारणवश आमाको मृत्यु भएको अवस्थामा शिशुलाई चाहिने भन्दा बढी दूध आउने आमाहरुको दूध संकलन गरी दिइने प्रक्रिया हो ह्यूमन मिल्क बैंक।
यसअघि मकवानपुरको हेटौँडा, नुवाकोटको त्रिशूली, भक्तपुरको भक्तपुर अस्पताल र सिन्धुलीको सिन्धुलीमाडी अस्पतालमा प्रदेश सरकारले वृहत अक्सिजन प्लान्ट जडान गरिसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
नगर प्रमुख प्रकाश अधिकारीले स्वास्थ्यकर्मी कुटपिट गर्ने स्थानीय रामकाजी थापालगायतको समूहलाई प्रहरीले नियन्त्रणमा लिइसकेको र गल्ती गर्ने समूहले पिटाइ खाने स्वास्थ्यकर्मी तथा प्रहरीसँग माफि मागिसकेकाले खोप कार्यक्रमलाई आजदेखि पुनः निरन्तरता दिइएको जानकारी दिए।
कोभिडविरुद्धको थप १७ हजार डोज खोप उदयपुर आईपुगेको छ। अमेरिकन कम्पनीको जोन्सन एण्ड जोन्सन खोप शनिबार जिल्ला आईपुगेपछि वितरण भईरहेको छ भने मंगलबारदेखि सबैतिर खोप लगाउने कार्यक्रम तय गरिएको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार २ सय ११ जना कोभिड संक्रमित भर्ना भएका छन्। तीमध्येमा २५ जना आइसियुमा र १ सय ८० जना हाइडिपेन्डेन्सी वार्डमा भर्ना भएका हुन्। दुई सातादेखि भर्ना हुन सुरु भएका बिरामी केही दिनदेखि दैनिक २५ देखि ३५ जनाको दरले भर्ना भइरहेको अस्पतालका निर्देशक डा. रवी शाक्यले जानकारी दिए। उनी भन्छन्, ‘निषेधाज्ञा खुकुलो भएपछि संक्रमण बढेको हो।’
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ।
रोल्पामा पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७९ पुगेको छ।
सरकारले ‘ह्यूमन मिल्क बैंक’ स्थापना गर्ने भएको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा सो बैंक स्थापना गर्ने तयारी गरिएको जानकारी गराएको हो।
बूढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोना विरुद्धको खोप लगाएका छन्। नगरपालिकाको पहलमा सो खोप ल्याइएको थियो।
स्वास्थ्यमा समस्या आएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित अस्थायी कोभिड अस्पतालमा आइपुगेका राई थरका (नाम गोप्य राखिएको) संक्रमितलाई शनिबार २ लाख ८० हजारमा हेलिकप्टर चार्टर गरेर उपचारमा लगिएको हो।
भक्तपुरको दधिकोटमा शनिबार पूर्वनिर्धारित कोभिड १९ विरुद्धको भेरोसेल खोपकाे पहिलो डोज दिने कार्यक्रम स्थगित गरिएको छ।
विगत ४७ दिनदेखि आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक, विद्यार्थी, कर्मचारी र नर्सहरुले सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएका छन्।
भारतले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई अक्सिजन प्लान्ट सहयोग गरेको छ।