शुक्रबार रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेशका मुख्य मन्त्रीले एक औपचारिक कार्यक्रमका बीच रिबन काटेर उद्घाटन गरेका हुन्। कोरोना संक्रमणका समयमा जिल्लामा अक्जिन अभाव देखिएपछि केन्द्र सरकारको पहलमा उक्त प्लान्ट तयार गरिएको हो।
केन्द्र सरकारको ७५ लाखको लगानि रहेको उक्त प्लान्टले दैनिक २५ लिटर अक्सिजन उत्पादन गर्ने अस्पतालले जनाएको छ। कार्यक्रमा बोल्ने वक्ताहरुले अस्पताल कागजमा ५० शैयाको स्वीकृत भएपनि दरबन्दी स्वीकृत नभएको, निःशुल्क स्वास्थ्य बिमाको औषधि उपलब्ध नभएको गुनासो गरेका थिए।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसिले स्वास्थ्य सुधारमा प्रदेशले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। यसैबीच मुख्यमन्त्री केसिले शुक्रबार नै सिता महरा स्मृती पार्कको पनि उद्घाटन गरेका छन्। पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमतीको स्मृतीमा निर्माण गरिएको पार्क उद्घाटन गरिएको हो।
प्रकाशित: १९ कार्तिक २०७८ १३:१० शुक्रबार





