११ श्रावण २०८३ सोमबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा संक्रमितको संख्या घट्यो

चाडबाडका कारण परीक्षण कम हुँदा प्रदेश १ मा संक्रमितको संख्या घटेको छ। दैनिक १ सय भन्दा बढी संक्रमित फेला पर्दै आएको प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ जना मात्रै संक्रमित फेला परेका छन्। १ सय १३ जनाको पीसीआर परीक्षण गर्दा ६जना  र ३४ जनाको एन्टिजेन परीक्षणगर्दा २ जनामा संक्रमण देखिएको  सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३, झापामा २ र सुनसरीमा १ जनामा संक्रमण भएको हो।  मोरङको विराटनगरमा ३, झापाको भद्रपुर र कमल गाउँपालिकामा १–१ र सुनसरीको इटहरीमा १ जनामा संक्रमण भएको हो। हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ७ हजार १८४ पुगेको मन्त्रालयले जनाएको छ।  प्रदेश १ मा आइतबार  ४७ जना कोरोना संक्रमणमुक्त भएका छन्। 

संक्रमणमुक्त हुनेमा २५ महिला र २२ पुरुष छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ४ हजार ९ सय १९ पुगेको  छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १ महिला र ४ पुरुष रहेका छन्। कोरोना संक्रमणका कारण प्रदेश १ मा हालसम्म २ हजार १ सय ४७ जनाको मृत्यु भइसकेको  सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: २१ कार्तिक २०७८ १२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App