१२ श्रावण २०८३ मंगलबार
image/svg+xml
स्वास्थ्य

भेरी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ निवासी ६९ वर्षीया महिलाको मृत्यु भएको हो। 

जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार अस्पतालमा उपचारका क्रममा उनको आइतबार राती १० बजेर ३० मिनेटमा मृत्यु भएको हो।  

भेरी अस्पतालमा यही कात्तिक ६ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पुष्टी भएपछि सोही दिन अस्पताल भर्ना भएकी थिइन्। यो सँगै कोरोना संक्रमणबाट बाँकेका ३ सय ४० जनाको मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए। यस्तै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका ४ सय २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।

प्रकाशित: २२ कार्तिक २०७८ ०५:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App