१२ श्रावण २०८३ मंगलबार
image/svg+xml
स्वास्थ्य

नयाँ संक्रमित ४ सय ४०, ६ जनाकाे मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका ४४० नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा सोको संख्यामा संक्रमित थपिएको जनाएको हो।

मन्त्रालयले कोरोनाको तथ्यांक अद्यावधिक गर्दै २४ घन्टामा ६ हजार ८ सय १४ को नमूना परीक्षण गरेको जनाएको छ। सोही अवधिमा ६ जनाको मृत्यु भएको र ४ सय ७४ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ।

नेपालमा अहिले ७ हजार ५ सय १९ सक्रिय संक्रमित छन्।

प्रकाशित: २४ कार्तिक २०७८ १०:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App