२० आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

आधिकारिक आयातकर्तासँग मात्र रेम्डेसिभिर लिन आग्रह, पाँच वटा नम्बर सार्वजनिक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ उपचारका क्रममा रेम्डेसिभिर आवश्यक भए आधिकारिक आयातकर्तासँगमात्र लिन अनुरोध गर्दै पाँच मोबाइल नम्बर सार्वजनिक गरेको छ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले सार्वजनिक सूचना प्रकाशित गर्दै कोभिड १९ उपचार गर्ने क्रमा अस्पतालहरुबाट चिकित्सकहरुले रेम्डेसिभिर औषधि सिफारिस गरेमा आधिकारिक आयातकर्ता आयन हेल्थकेयरले ल्याएको औषधिमात्र प्रयोग गर्न अनुरोध गरेको छ।

साथै मन्त्रालयले औषधि लिने जाने व्यक्तिको परिचयपत्रको प्रमाणपत्र, चिकित्सकको प्रिस्क्रिप्सनसहित आवश्यक भएको जनाएको छ। मन्त्रालयले आयन हेल्थकेयर कुपाण्डोल, यूएनपार्कका डा. अबु अन्सारी, सुवास, बिमल र कमलको मोबाइल नम्बर पनि सार्वजनिक गरेको छ।

प्रतिभायल ४ हजार ९ सय रुपैंयामा सो औषधि किन्न समेत भनेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।

प्रकाशित: २९ वैशाख २०७८ ०८:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App