१५ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

दक्षिण एसियाली क्याम्ब्रिज विद्यालय सम्मेलन सम्पन्न

क्याम्ब्रिज युनिभर्सिटी प्रेस एन्ड एसेस्मेन्ट (क्याम्ब्रिज) अन्तर्गतको इन्टरनेसनल एजुकेसन समूहले दोस्रो वार्षिक दक्षिण एसियाली क्याम्ब्रिज विद्यालय सम्मेलन सम्पन्न गरेको छ।

सम्मेलनमा भारत, नेपाल, श्रीलंका, भुटान, बंगलादेश र मालदिभ्सका ४०० भन्दा बढी शिक्षक, विद्यालय नेतृत्वकर्ता तथा शैक्षिक विश्लेषकहरूको सहभागिता रहेको थियो। सन् २०३० सम्ममा विश्वभर ४४ मिलियन नयाँ शिक्षकहरूको आवश्यकता पर्ने आकलनसँगै, क्याम्ब्रिजले दक्ष शिक्षामूलक कार्यक्रम, सेवा–पूर्व शिक्षक तालिम, सर्ट–टर्म अनलाइन पाठ्यक्रम तथा सिप अभिवृद्धि तालिममार्फत क्षेत्रीय शैक्षिक क्षमताको विकास गर्न निरन्तर प्रयासरत रहेको प्रतिबद्धता जनाएको हो।

सम्मेलनको उद्घाटनमा क्याम्ब्रिज इन्टरनेसनल एजुकेसन समूहका प्रबन्ध निर्देशक रोड स्मिथले दक्षिण एसियाका विद्यालय नेताहरूले क्याम्ब्रिजसँग मिलेर पाठ्यक्रम निर्माण, स्रोतसामग्री विकास, र नवीन कार्यक्रम सुरु गर्न गरेको सहकार्यको प्रशंसा गरे। इन्टरनेसनल एजुकेसन, साउथ एसियाका वरिष्ठ उपाध्यक्ष विनय शर्माले भने, ‘उच्च गुणस्तर कायम राख्दै अन्तर्राष्ट्रिय शिक्षा सबैका लागि पहुँचयोग्य बनाउने हाम्रो प्रतिबद्धता दृढ छ।

सम्मेलनका विभिन्न छलफल सत्रहरूमा क्याम्ब्रिज विश्वविद्यालयका एजुकेसन फ्याकल्टी प्रोफेसर मार्क विन्टरबटम, अन्तर्राष्ट्रिय शिक्षाका अनुसन्धान प्रमुख साराह ह्युजेस, गुगल फर एजुकेसन भारत प्रमुख सञ्जय जैन, शिक्षा संकायको डिजिटल प्रोडक्ट तथा सेवाका निर्देशक लिन्डसे नाडिन, एजुकेसन फ्याकल्टी डा. सू ब्रिन्डली, क्याम्ब्रिज ३–१९ पाठ्यक्रम निर्देशक अबिगेल बार्नेट, कुपाको सीनियर प्रभाव मूल्यांकनकर्ता आयनुर कराकोच र इन्टरनेसनल एजुकेसनका युनिभर्सिटी पाथवेज र प्रोग्रेसन निर्देशक केभिन एबेनेजर लगायत विशिष्ट वक्ताहरूको सहभागिता रहेको थियो।

प्रकाशित: ११ वैशाख २०८२ १०:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App