आन्तरिक पहिरोका कारण नागढुंगा सुरुङमार्गको रफ्तार घट्यो
नागढुंगा सुरुङमार्गमा आन्तरिक पहिरोका कारणले निर्माणकार्य ढिलो हुँदै गएको छ।
नागढुंगा सुरुङमार्गमा आन्तरिक पहिरोका कारणले निर्माणकार्य ढिलो हुँदै गएको छ।
राष्ट्रिय महत्त्वको सडक मदन भण्डारी लोकमार्ग अन्तर्गत सदरमुकाम गाईघाट–कटारी खण्डमा निर्माणाधीन पुलमध्ये अर्ने खोलामा ढिला हुँदा यो वर्षायाममा पनि सास्ती हुने भएको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर एक हजार आठ सय ६९ दशमलब ७३ मा पुगेको छ।
पोखरा महानगरपालिका–११ कालिखोला देखी काँहुकोटसम्म पुग्नेगरि कालिखोला–काँहुकोटअर्ग्यानिक पदमार्ग निर्माण गरिने भएको छ।
सुनको मूल्य प्रतितोला एक हजार दुई सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार दुई सयले बढेर एक लाख ११ हजार आठ सय कायम भएको छ।
नेपाल जग्गा तथा आवास विकास संघको १६ औं साधारणसभामा आगामी दुई वर्षका लागि विदुर धमला अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्।
सरकारले अर्थ सचिवमा अर्जुन पोखरेललाई ल्याएको छ। अर्थसचिव तोयम रायालाई सरुवा गरी उपराष्ट्रपति कार्यालयमा पठाएर पोखरेललाई ल्याइएको हो।
राष्ट्रिय सडक सञ्जालले नजोडिएको हिमाली जिल्ला हुम्लामा दुई दिनदेखि हवाई सेवासमेत अवरुद्ध भएको छ।
रोल्पा, रुकुम र सल्यान जोड्ने दुई सडकले जिल्लाका पहुँचवाला राजनीतिक नेतृत्वलाई गिज्याइरहेको छ।
सडक तथा पुल लगायतका पूर्वाधार निर्माण गर्ने सबैभन्दा ठूलो सरकारी निकाय सडक विभागले चालु आर्थिक वर्षको साढे ९ महिनामा ४० प्रतिशत मात्रै वित्तीय प्रगति गरेको छ।
नेपाली सेनाले काठमाडौंलाई तराई–मधेससँग जोड्ने काठमाडौं–तराई÷मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) लागत करिब ४५ अर्ब रूपैयाँ बढाउन प्रस्ताव गरेको छ। निर्धारित समयमा परियोजना सम्पन्न नगरेर आलोचना खेपिरहेको सेनाले फेरि लागत बढाउन प्रस्ताव गरेको हो।
काठमाडौँ महानगरपालिकाले ठमेल पर्यटन विकास परिषद्सँग सहकार्यमा ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गर्न लागेको हो।
सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी यही वैशाख २२ देखि २४ गतेसम्म सञ्चालन हुने भएको छ।
मंगलबार प्रतितोला एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुुझाव लिन महासंघद्वारा विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका विशिष्ट व्यक्तित्वहरू संलग्न उच्चस्तरीय विज्ञ समूह गठन गरेको हो।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बीच पर्यटक प्रहरीको कार्यदक्षता अभिवृद्धि गर्ने सम्बन्धमा सम्झौता भएको छ।
सिटिजन्स बैंक र चितवनस्थित जंगल भिल्ला रिर्सोटबीच बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
मुलुकको अर्थतन्त्रमा देखिएको समस्याका कारण चालु आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ।
केन्द्रकै निमित्त कार्यकारी निर्देशक पदमा काम गर्दै आएका ढकाल खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशकमा नियुक्त भएका हुन्। नवीकरणीय ऊर्जा विषयमा थाइल्याण्डबाट स्नातकोत्तर गरेका ढकाल लामो समयदेखि केन्द्रमा कार्यरत थिए।
आज पूँजी बजारमा सामान्य अङ्कको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ४० अङ्कमा कायम भएको हो।
राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने प्रक्षेपण गरेको छ।
पछिल्लो महिना नेपालमा चिनियाँ पर्यटकको आगमनमा ह्वात्तै सुधार देखिएको छ। अप्रिल महिनामा मात्र नेपालमा ४ हजार ७ सय ७० जना चिनियाँ पर्यटक भित्रिएका छन्। हवाई मार्गबाट महिनाभरमा झन्डै एकलाख जना विदेशी पाहुना भित्रिँदा चिनियाँको आगमनमा भने ब्यापक सुधार देखिएको पर्यटन बोर्डले बताएको छ। बोर्डका अनुसार अप्रिल महिनामा नेपालमा ९८ हजार ७ सय ७३ जना विदेशी पाहुना भित्रिएका छन्।
नेपालमै अत्याधुनिक वातावरणमैत्री प्रविधिमा आधारित चाइनिज इटाको उत्पादन सुरु भएको छ। इटाभटाबाट वातावरण प्रदूषण बढेको भन्दै चर्काे आलोचना हुँंदै आएको तर नेपालमै पनि प्रविधि भित्रिएको झन्डै आधा शताब्दीपछि यस्तो अत्याधुनिक प्रविधिबाट चाइनिज इटा उत्पादन थाल्न सफल भएको हो।
बैंक तथा वित्तीय संस्था परिसंघले संस्था, संस्थाको सम्पत्ति, साख एवम् कर्मचारीहरूको विरुद्धमा भइरहेको गैरकानुनी गतिविधिहरू नगर्न आग्रह गरेको छ। संघले विज्ञप्ति जारी गर्दै विभिन्न व्यक्ति, संस्था तथा समूहहरूबाट विगत केही समयदेखि निरन्तर भइरहेका गैरकानूनी गतिविधिहरू नर्गन सचेत गराएको हो।