जुनार खेती गर्ने किसान काठमाडौंमा बस्दा जुनारको उत्पादन घट्यो
सिन्धुलीका जुनार खेती गर्ने किसान काठमाडौंमा बस्दा जुनारको उत्पादनमा वृद्धि हुन नसकेको जुनार सुपरजोन परियोजना कार्यान्वयन शाखा सिन्धुलीले जनाएको छ । परियोजनाका वरिष्ठ कृषि अधिकृत देवराज अधिकारीले केही ठूला किसानहरूको घर काठमाडौंमा भएको र गाउँमा जुनारको बगैचा भएकाले हेरचाह नहुँदा उत्पादन बढाउन नसकिएको बताए ।

