१६ चैत्र २०८० शुक्रबार
अर्थ

६ लाख रूपैयाँ भाडा छुट

पर्यटन व्यवसायी अग्नि कँडेलले पोखराको लेकसाइडस्थित घरमा व्यवसाय गरेका व्यवसायीलाई राहतस्वरुप तीन महिनाको घरभाडा मिनाहा गरेका छन्। कोभिड–१९ को प्रभावका कारण लेकसाइड गत चैत महिनादेखि सुनसान छ। लाखौँ लाख रुपैयाँ भाडा तिरेर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीले व्यवसाय बन्द गरेर बस्नु पर्दा घरभाडा तिर्न सकिरहेका छैनन् भने व्यवसायबाट पलायन हुनुपर्ने अवस्थासमेत देखिएको छ। 

असहज परिस्थितिमा सहयोगी बनेर एकअर्काको दुःख बुझ्न सक्ने हुनुपर्छ, हामीले त्यसैको शुरुआत गरेका हौँ, कँडेलले भने। उनकी पत्नी निर्मलाले तीन महिनाको छ लाख र व्यवसाय पुनःसञ्चालन नहुँदासम्म ५० प्रतिशत भाडा सहुलियत दिने बताइन्।  

पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले विषम परिस्थितिमा पर्यटन व्यवसायीको समस्या बुझेर कँडेल दम्पतीले गरेको तीन महिनाको भाडा र थप भाडामा ५० प्रतिशत छुट निकै सकारात्मक भएको भन्दै अन्य घरधनीले पनि अनुशरण गर्नुपर्ने बताए। 

प्रकाशित: २५ असार २०७७ ०९:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App